फाइल फोटो
चितवन : चितवनको माडीमा करेन्ट लागेर एक जना बृद्धको मृत्यु भएको छ । माडी नगरपालिका ६ रामराज्यपुर निवासी ६० बर्षिय नम बहादुर थापा मगरको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरमा काम गर्ने क्रममा उनलाई अचानक उच्च भोल्टको करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बिहीबार साँझ ७ बजे फलामको लामो रड घरमाथि चढाउने क्रममा रडको टुप्पोले विद्युत वितरण केबुल (तार) मा छोइन पुग्दा थापामगरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी (डिएसपी) नरहरी अधिकारीले बताउनुभयो ।
करेन्ट लागेर गम्भिर घाइते भएका मगरलाई उपचारका लागि बघौंडा अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको भरतपुर अस्पतालमा पोस्टमार्टम पछि शुक्रबार माडीमा अन्त्यष्टी गरिएको छ ।