चितवन : चितवनको मेघौलीबाट नारायणगढ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।
शुक्रबार विहान १०ः३० बजे भरतपुर महानगरपालिका २६ ज्यातिनगरमा ना ४ ख ९५७० नम्बरको बस दुर्घटनामा परेको हो ।
बस अनियन्त्रित भई पोलमा ठोक्किएको जिल्लाप्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा ३ जना यात्रु सामान्य घाइते भएका छन् ।