Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाइ तोड्दै वुवाको किरियामा दुइ छोरी

चितवन : छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई चितवन माडीका दुई दिदी-बहिनीले तोडेका छन् । दिवंगत बुबाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका हुन् । ९ जेठमा निधन भएका चितवनको माडी नगरपालिका-८ खरकट्टा -(इन्द्रवस्ती)का कृषक फणीन्द्रराज पुरीका दुई छोरीले काजकिरिया गरिरहेका छन् । उनका छोरीहरू २२ वर्षीया रेजिना र २० वर्षीया अनुसा पुरी किरियामा बसेका हुन् । ४८ वर्षीय अगुवा किसानसमेत रहेका फणीन्द्रराज पुरीको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारको क्रममा निधन भएको थियो ।

चार महिनाअघि फोक्सोमा ट्युमर देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । बिस्तारै ट्युमर ब्रेनमा फैलियो, त्यसैकारण उनको निधन भयो । पुरी ६ वर्ष अघिदेखि पिसाब थैलीमा भएको ट्युमरसँग लड्दै आएका थिए । ०७३ सालमा उनको पिसाबथैलीमा भएको ट्युमरका कारण पिसाबनली बन्द भएको थियो । चिकित्सकले शल्यक्रिया गरेर पिसाबथैली बाहिर राखिदिएका थिए । यद्यपि उनी रोगलाई भुलेर तरकारी खेती र बाख्रापालनमा व्यस्त थिए । उनको यही मिहिनेतले माडी नगरपालिकाले सम्मान पनि गरेको थियो ।

उनको निधनपछि आमा सीता पुरीसँगै दुई छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका छन् । दुवै छोरीले देवघाटमै पुगेर बाबुलाई दागबत्ती दिएका थिए । बुबा मिहिनेती हुनुहुन्थ्यो । पछिल्लो चार महिना बुबा बिरामी हुँदा हामी दिदी बहिनी सँगै अस्पतालमा उहाँको हेरचाहका लागि बस्यौँ,विगतमा अरू ठाउँका छोरीले किरिया बसेको देखेको बताउँदै रेजिनाले भनिन्, हामी आफैँ किरिया बसेका हौँ । बुबाको हेरचाह गर्न सक्ने हामी बुबाको संस्कार पनि त गर्न सक्छौँ । छोरीले बाबुको मलामी जानुहुँदैन र किरिया गर्नुहुँदैन भन्ने गलत मान्यता हो,उनले भनिन्, मेरो बुबाको सन्तान बहिनी र म मात्र हौँ, बुबाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेका हौँ ।

उनीहरू किरिया बस्दा आफन्त र छिमेकीले पनि सहजीकरण गरे । स्वयं परिवार र आफन्तले परिवर्तन ल्याउनुपर्छ भनेर प्रशंशा गर्नुभयो । पण्डित बाजेले बस्न मिल्छ, अन्त पनि बसेका छन् । आफ्नो बुबाको किरिया आफैँ बस्दा झन्रा म्रो हुने भनेपछि आफ्नाे चाहनामा थप सहजता भएको उनले सुनाइन् ।

  • किरिया
  • दुइ छोरी
  • वुवा
शनिबार, जेठ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.