चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले १७९ तोला अवैध चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका ११ स्थायी भई हाल नवलपुरको गैंडाकोट नगरपालिका ५ बस्ने २४ वर्षीय कुमार विक रहेका छन् ।
उनलाई मंगलबार अपरान्ह ५ बजे भरतपुर ११ स्थित भोजाड पदमपुर सडकखण्डमा चेकजाँचक्को क्रममा बिना बिलको दुई लाख २८ हजार हजार १९७ रुपैयाँ बराबरको १७९ तोला २८ लाल अबैध चाँदीका गर-गहना र चाँदीसहित पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
प्रहरीले उनी सवार प्र ०३-००२ प ७०६६ नम्बरक्को पल्सर मोटरसाइकल पनि बरामत गरेको छ । उनलाई बरामद भई चाँदीसहित आवश्यक कारवाहीको लागी बुधवार राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको डिएसपी अधिकारीले जानकारी दिए ।