पर्वत : भलिवल खेलको पुरस्कार नपाएको भन्दै चलिरहेको कृषि पर्यटन प्रवर्द्धन महोत्सबमा तालाबन्दि गरिएको छ ।
राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा पर्वत कुस्मा बजारको बडागाउँ चौरमा भइरहेको महोत्सवको समापनको दिन भएकाे भलिवल खेलकाे पुरस्कार तथा खेलाडिहरुको अन्य ब्यवस्थापन खर्च नपाएपछि महोत्सब स्थलको मुल गेटमा तालाबन्दी गरिएको हो ।
संरक्षक नवराज गुरुङले महाेत्सव गरेर कमाउ धन्दा मात्र गरेकाे आरोप लगाउदै यस्तो कमाइ धन्दामा नलाग्न चेतावनि दिदै तत्काल पुरस्कार नपाए कुनै हालतमा तालाबन्दि नखोलिने भलिबल खेल सयोजक जगदिश सुबेदिले जानकारि गराए |
गुरुङ नेपालि काग्रेस पर्वतको पुर्व सभापति समेत हुन । यतिबेला खेल मैदान अगाडि खेलप्रेमि तथा अन्य दर्शकहरको चर्को नाराबाजि सहितको बाक्लो उपस्थिति रहेको छ ।
साथै प्रचार प्रसारमा लागेका ५ सवारि साधनले केहि रकम नपाएको भन्दै महोत्सव गेट अगाडि धर्ना दिएका छन् ।महोत्सब स्थल भित्र रहेका कयौ दर्शक बाहिर निश्कन नपाउदा रुवावासि चलेको छ ।