• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

सुदूरपश्चिमका २० पालिकामा प्रमुख-उपप्रमुख दुवै पुरुष

डोटी : सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये २० वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवै पुरुष चयन भएका छन् ।

बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन आयोगले पुनः मतदान गर्ने भनेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ (४) अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गर्दा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेद्वार रहने गरि मनोनयन पत्र पेश गर्ने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।

तर, एउटा मात्र पदमा उम्मेदवारी दिँदा यो प्रावधान लागु नहुने पनि सोही ऐनमा उल्लेख नै छ ।

त्यसैले चुनावी तालमेल गरेका दलहरुले एउटा मात्र उम्मेदवार उठाउँदा पुरुषलाई नै उठाएका कारण २० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै पुरुष चयन भएका हुन् ।

बझाङका १२ पालिकामध्ये सात पालिकामा प्रमुख र उपप्रमुख दुवै पुरुष छन् । जिल्ला सदरमुकाम रहेको जयपृथ्वी नगरपालिकाको प्रमुखमा कांग्रेसका चेतराज बराल र उपप्रमुखमा माओवादी केन्द्रका रतनवहादुर सिंह विजयी भएका छन् ।

यस्तै, मष्टा गाउँपालिका अध्यक्षमा कांग्रेसका ज्ञानवहादुर बोहरा र उपाध्यक्षमा माओवादी केन्द्रका हर्क धामी विजयी भएका छन् । दुर्गाथली गाउँपालिकाका अध्यक्षमा माओवादीका दिलवहादुर थापा र उपाध्यक्षमा कांग्रेसका जनकवहादुर दौल्याल विजयी भएका छन् ।

बझाङ्गकै बुगल नगरपालिका प्रमुखमा कांग्रेसका जयवहादुर धामी र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका धनवहादुर बोहरा विजयी भएका छन् । थलारा गाउँपालिकाको अध्यक्षमा एमालेका प्रकाशवहादुर रोकाया र उपाध्यक्षमा कांग्रेसका रामवहादुर खाती विजयी भएका छन् ।

छविस पाथिभेरा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका वसन्तवहादुर चलाउने र उपाध्यक्षमा एकीकृत समाजवादीका लक्षिमन बोहरा विजयी भएका छन् ।

खप्तड छान्ना गाउँपालिकामा पनि अध्यक्ष उपाध्यक्ष दुवै पुरुष छन् । अध्यक्षमा कांग्रेसका उत्तमवहादुर रोकाया र उपाध्यक्षमा माओवादी केन्द्रका बिष्णुकुमार थापा चयन भए ।

बाजुराको बुढीनन्दा नगरपालिकाको प्रमुखमा एमालेका जनकबहादुर बोहरा र उपप्रमुखमा स्वतन्त्र उम्मेद्वार रामबहादुर बोहरा विजयी भएका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका पोतीलाल चौधरी र उपप्रमुखमा एमालेका जोगराम चौधरी विजयी भएका छन् ।

बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेद्वार सन्तोषप्रकाश जोशी र उपाध्यक्षमा कांग्रेसका भगिरथ बोहरा निर्वाचित भएका छन् । बैतडीकै पाटन नगरपालिका प्रमुखमा कांग्रेसका गौरीसिंह रावल र उपप्रमुखमा माओवादी केन्द्रका कमलसिंह बोहरा निर्वाचित भएका छन् ।

अछामको साँफेवगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पुरुष छन् । प्रमुखमा कांग्रेसका उम्मेद्वार राजेन्द्रवहादुर कुँवर र उपप्रमुखमा एकीकृत समाजवादीका शिववहादुर कुँवर निर्वाचित भएका छन् ।

अछामकै मेल्लेख गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ज्वाला सिंह साउद र उपाध्यक्षमा कांग्रेसका नृपवहादुर खड्का निर्वाचित भएका छन् ।

दार्चुलाका तीन पालिकामा पनि प्रमुख उपप्रमुख दुवै पुरुष छन् ।

मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमालेका हिरासिंह धामी र उपाध्यक्षमा माओवादी केन्द्रका कल्यानसिंह धामी विजयी भएका छन् । ब्यास गाउँपालिकामा एमालेका मंगलसिंह धामी र माओवादी केन्द्रका विनोदसिंह कुँवर निर्वाचित भएका छन् । नौगाड गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका दलजित सिंह धामी र उपाध्यक्षमा कांग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन् ।

कैलालीको टिकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ती पार्टीका रामलाल डगौरा थारु र उपप्रमुखमा माओवादी केन्द्रका खडकवहादुर शाह निर्वाचित भएका छन् । गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रका देवीदत्त कडेल र उपप्रमुखमा कांग्रेसका भोजवहादुर बम निर्वाचित भएका छन् ।

बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णवहादुर कुँवर र उपाध्यक्षमा माओवादी केन्द्रका गणेशराज गिरी निर्वाचित भएका छन् । मोहन्याल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका देवीदत्त उपाध्याय र उपाध्यक्षमा कांग्रेसका कमलवहादुर साउद निर्वाचित भएका छन् ।

प्रदेशका डोटी र डडेल्धुरा जिल्लामा भने प्रमुख र उपप्रमुख दुवै पुरुष भएको कुनै पालिका छैन ।

  • स्थानीय तह निर्वाचन
मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.