• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

कांग्रेसको विजय र्‍यालीमाथि आक्रमण हुदा ६ जना घाइते,एमालेले आक्रमण गरेको आरोप

वीरगञ्ज : वीरगञ्ज महानगरपालिका वडा नम्बर–२७ को अध्यक्ष जितेपछि नेपाली कांग्रेसले निकालेको विजय उत्सवमा सहभागीमाथि आक्रमण भएको छ । आक्रमणमा परी ६ जना घाइते भएका छन् ।

नेकपा एमालेको वडाध्यक्षका उम्मेदवारसहितको समूहले र्‍यालीमा सहभागीमाथि आक्रमण गरेको कांग्रेसको आरोप छ ।

आक्रमणमा परी ५८ वर्षीय नेमा रेशा, ३० वर्षीय आइसा भन्ने मुन्नी खातुन, ४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराइन, ४२ वर्षीय मोहमद मियाँ र १९ वर्षीय जाहिर हवारी घाइते भएका हुन् । उनीहरु मध्ये अधिकांशको टाउकोमा चोट लागेको छ । घाइते सबै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ४ जना उपचारपछि घर फर्किसकेका छन् भने महम्मद मियाँ र आयसा खातुनको नारायणी अस्पतालमै उपचार भइरहेको छ ।

वडा नम्बर २७ को अध्यक्षमा १५१६ मत ल्याएर कांग्रेसका हृदयनारायण प्रसाद कुर्मी विजयी भएका थिए । नेकपा एमालेका प्रदीपकुमार यादव भन्दा ४०५ मत ल्याएर कुर्मी निर्वाचित भएका हुन् । प्रदीपले १११६ मत पाए । ०७४ को निर्वाचनमा प्रदीप वडाध्यक्षमा निर्वाचित भएका थिए ।

हृदयले जितेको खुशीमा बिहीबार बेलुकी उत्सव मनाइरहेको समयमा वडाध्यक्षमा पराजित एमालेका प्रदीपसहितको समूहले लाठीले कुटपिट गरेको घाइतेहरुले बताएका छन् । प्रदीप सहितका मानिसहरु आएर एमालेलाई भोट नहालेर कांग्रेसको विजयी र्‍यालीमा गएको भन्दै आफूहरु माथि कुटपिट भएको घाइतेहरुले बताएका छन् ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा वडाध्यक्षमा प्रदीपसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रदीपसहित ३३ वर्षीय नुर महमद र ३५ वर्षीय शर्माप्रसाद कुशवाहा पक्राउ परेका हुन् ।

घाइतेहरुले घटनामा निवर्तमान वडाध्यक्षमा पराजित उम्मेदवार प्रदीपको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएपछि सोधपुछका लागि ल्याइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

‘राति विजयी र्‍यालीमा सहभागीलाई पराजित वडा अध्यक्षसहितका मानिसले कुटपिट गरेको भन्ने खबर आयो । प्रहरी पठाएर स्थिति नियन्त्रणमा लियौं,’ उनले भने, ‘कुटपिटबाट ६ जना घाइते पनि भएका छन् । घाइतेहरुको भनाइको आधारमा उनीसहित तीन जनालाई नियन्त्रणमा लिएका हौं । संलग्नता थियो/थिएन अनुसन्धान गरिरहेका छौं ।’

एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार विजयकुमार सरावगीले भने कांग्रेसका कार्यकर्ताहरुले जितको उन्मादमा एमालेका कार्यकर्ताहरुलाई जिस्काएकाले घटना भएको बताएका छन् । उनले घटनामा वडाध्यक्षका उम्मेदवारको संलग्नता नभएको दाबी गरे । ‘ विजय र्‍याली निकाल्दा चिढ्याउने काम भयो । त्यसले गर्दा जुन दुर्घटना भयो । त्यो गलत नै हो,’ उनले भने, ‘तर घटनामा जो-जो संलग्न छन् उनीहरुलाई लैजानुपर्ने हो । प्रहरीले घटनास्थलमै नभएका वडाध्यक्षका उम्मेदवारलाई पक्रेर लगेको छ ।’

  • आक्रमण
  • काँग्रेसको
  • विजय र्‍यालीमा
शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.