चितवन : चितवनमा लागुऔषधसहित दुई जना पक्राउ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा महोत्तरी जिल्ला मनरा सिसवा गरपालिका वडा नं. २ बस्ने २५ वर्षीय बिष्णु देव अधिकारी र काठमाडौ चन्द्रागिरी नगरपालिका–४ बस्ने वर्ष २९ को कृष्ण गुरुङ रहेका छन् ।
उनीहरुलाई बुधबार बेलुकी ८ः३० बजेको समयमा खैरहनी नगरपालिका वडा नं. ८ पर्साबजार चौबिसकोठीबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरु पैदल हिडी उक्त स्थानमा आइपुगेका थिए । नियन्त्रणमा लिई तलासी लिँदा गुरुङले लगाएको भित्री बस्त्र र पाइन्टको भित्री भागमा र मोजामा समेत लुकाई राखेको अवस्थामा २४० ट्याबलेट लागुऔषध नाईट्राजेपाम फेला परेको थियो ।
त्यसैगरी अधिकारीले बोकेको कालो रंगको झोलामा दुई हजार ७३० ट्याबलेट लागुऔषध नाईट्राजेपाम र एक हजार १०४ क्याप्सुल ट्रामोडोल औषधधिजन्य फेला परेको हो ।
पक्राउ परेका उनीहरु उपर लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।