वडा नम्बर ५ को गणनापछि मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर फराकिलो बनाउन सुरु गरेकी छन् । दाहालले ६ हजार ७९४ मत ल्याउँदा एमालेका उम्मेद्वार विजय सुवेदीले ६ हजार ५४८ मत ल्याएका छन् ।
रेनु र सुवेदीबीचको मतान्तर २४६ मा पुगेको छ । अहिलेसम्म गणना भएकोमध्ये रेनुले ३३ प्रतिशतभन्दा बढी र सुवेदीले ३२ प्रतिशतभन्दा बढी मत ल्याएका छन् । मेयर पदका अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १६ प्रतिशतभन्दा केही बढी मत आएको छ । वडा नम्बर पाँचको गण्ना भइरहँदा पौडेलले हालसम्म ल्याएको कुल मत तीन हजार ३०९ रहेको छ ।
भरतपुर–५ मा ७४ सालमा नेकपा (एमाले)ले वडाध्यक्ष जितेको थियो । अहिलेसम्मको गणनामा यो वडामा एमालेका वडाध्यक्ष पदमा उम्मेदवार कांग्रेसका उम्मेदवारभन्दा पछाडि छन् । एमालेले एक हजार १९४ मत ल्याएउँदा वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले एक हजार २७५ मत पाएका छन् ।
भरतपुर महानगरपालिकामा कुल एक लाख २७ हजार ८३९ मत खसेको छ । अहिलेको अनुमातमा मत प्राप्त हुँदै गए ४३ हजारको हाराहारीमा मत ल्याउने मेयरमा विजयी हुने देखिन्छ ।