गैँडाकोट । गैँडाकोट ७ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । गैँडाकोट ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका होमनाथ सापकोटाले ७६० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका नेता लक्ष्मी चौधरीले ४२९ मत प्राप्त गर्नुभएको छ । गैँडाकोट ७ मा १४ सय १७ मत खसेको थियो ।
महिला वडा सदस्यमा काँग्रेसकी ईश्वरी जिसि ७७१ म्तका साथ विजयी हुनुभएको छ । उहाँको प्रतिष्पर्धी राप्रपाकी राधिका कुमालको ४ सय १५ मत रहको छ ।दलित महिला सदस्यमा काँग्रेसकी छलिमाया परियारको ७४९ मतका साथ विजयी हुनुभएको छ । प्रतिष्पर्धी राप्रपाकी दिलमाया सार्कीको ३८४ मत रहेको छ ।
खुला सदस्यमा नेपाली काँग्रेसका तारापति त्रिपाठीको ६८२ र धनबाहादुर कुमालको ६०५ का साथ विजयी हुनुभएको छ । नेकपा एमालेका दुर्गा सापकोटाको ४०८ र मोतिलाल ढुंगानाको ५५७ मत रहेको छ ।
यस वडामा नगरप्रमुख पदका उम्मेद्वार मदनभक्त अधिकारीले ६९३ मत प्राप्त गर्नुभयो भने एमालेका छत्रराज पौडेलले ५१० मत प्राप्त गर्नुभयो । काँग्रेसका उपप्रमुख पदका उम्मेद्वार शान्ति कोइरालाले ७३४ मत प्राप्त गर्नुभयो भने राप्रपाका तुलाराम पौडेलले ३९० मत प्राप्त गर्नुभएको छ ।
गैँडाकोट ७ मा अध्यक्षमा नेपाली काँग्रेसका सापकोटा सहित प्यानल विजयी
गैँडाकोट ७ मा अध्यक्षमा नेपाली काँग्रेसका सापकोटा सहित प्यानल विजयी

तपाईको प्रतिक्रिया