भरतपुर : भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएपछि मतगणना प्रभावित बनेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारीले गणक कर्मचारीमाथि हस्तक्षेप गरेको एमालेले आरोप लगाएको छ।
उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रतिनिधिले होहल्ला गरेका हुन् । त्यसपछि गणना प्रभावित बनेको हो भने अहिले सहमतिको प्रयास भइरहेको छ ।