मनाङको चामे ५ को वडाध्यक्ष पदमा दुई उम्मेदवारले बराबर मत ल्याएका छन्।
त्यसपछि गरिएको गोलाप्रथाबाट एमालेका कैले गुरुङ वडाध्यक्षमा विजयी हुनुभएको छ ।
गुरुङ अघिल्लो पटक पनि वडाध्यक्ष निर्वाचित हुनुभएको थियो ।
एमालेका गुरुङ र कांग्रेसका उम्मेदवार फुर्वा लामा दुवैले ३०/३० मत पाउनुभएको थियो ।
चामे गाउँपालिका अध्यक्षमा पनि एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित हुनुभएको छ ।