काठमाडौं : डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अरु ३० जना घाइते भएका छन् ।
जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटना परी पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।पूर्वीचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले र्याली निकालेको थियो ।
र्यालीमा सहभागी भएका नेता, कार्यकर्ताहरू घाइते भएको प्रहरीले बताएको छ।