तनहुँ : तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारले विजय हासिल गरेका छन्। गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका हुन्।
अध्यक्षमा कांग्रेसका तिलबहादुर थापा चार हजार ३०६ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा (एमाले) का दुर्गाबहादुर थापाले तीन हजार ४८३ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत थमनसिं थापाले जानकारी दिए।
उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिं गुरुङ तीन हजार ७२१ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी एमालेका सावित्री न्यौपानेले तीन हजार ४६७ मत प्राप्त गरिन्। कूल १२ हजार ८१५ मतदातामध्ये गाउँपालिकामा आठ हजार ६४७ मत खसेको थियो । पाँचवटा वडामध्ये देवघाटमा कांग्रेसले तीन र एमालेले दुईवटा वडामा विजय हासिल गरेको छ । कांग्रेसले देवघाट–२, ३ र ५ जितेको छ भने एमालेले १ र ४ वडा जितेको छ।