भरतपुर महानगरका कांग्रेसको प्रभाव क्षेत्रमा मत बढाउँदै जगन्नाथ
भरतपुर महानगरका कांग्रेसको प्रभाव क्षेत्रमा मत बढाउँदै जगन्नाथ
तपाईको प्रतिक्रिया
वडा नम्बर ३ सकेर वडा नम्बर ४ को गणना चलिरहँदा उनले दुई हजार ४० मत ल्याएका हुन् । भरतपुरमा १ र २ को मत गणना सकिँदा पौडेलले ९२४ मत मात्र ल्याएका थिए ।
जगन्नाथको मत बढ्ना साथ एमालेका मेयरका उम्मेदवार एमालेका मेयरका उम्मेदवार विजय सुवेदीको अग्रता केही बढेको छ । वडा नम्बर ६ मा पर्ने गीतानगर क्षेत्र कांग्रेसको गढ भएकोले जगन्नाथको मत अझै बढ्ने धेरैको अनुमान छ ।
त्यस्तै, वडा नम्बर ७ आफैँमा जगन्नाथकै वडा भएकोले पनि उनको मत बढेमा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीलाई केही राहत हुने एमाले निकट नेताहरु धेरैको अपेक्षा छ ।
तर, अहिलेसम्म भरतपुर महानगरको मेयर पद कसले जित्छ भन्ने स्पष्ट मार्गचित्र आएको छैन ।