चितवन : नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा‘बादल’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ हार स्वीकार गरेर फर्किएको टिप्पणी गरेका छन् ।
भरतपुरको मतदानपछि प्रतिक्रिया दिँदै थापाले एमालेको जित सुनिश्चित भएको बताए ।
‘यो निर्वाचनमा सूर्यका उम्मेदवार विजय हुन्छ। गठबन्धनले हार स्वीकार गरी सकेको छ । त्यसैले सूर्य विजयी हुन्छ भन्ने कुरा त अस्ति भएको भरतपुर सभाबाट स्पष्ट भईसकेको छ’ थापाले भने, ‘विहान उहाँ (प्रचण्ड) पनि हार स्वीकार गर्नु भएको छ ।
मतदानमा हार जित स्वभाविकै रुपमा लिनुपर्छ भन्नुको अर्थ त्यहीँ हो ।’पक्कै पनि ल्याउँछ लोकतन्त्रलाई सुदृढ गर्छ ।