चितवन : कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार ‘कान’ को हत्या भएको स्थानमा गोलीका २ वटा खोका फेला परेका छन । यसबारे निशाना खबरसंग कुराकानी गर्दै चितवन जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नबराज अधिकारीले गोलीको खोका भेटिएको पुष्टिगरेका हुन ।
प्रहरी उपरिक्षक अधिकारीका अनुसार परियारको हत्याबारे प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ । अहिले सम्म कोही पनि पक्राउ नपरेको उनले जानकारी दिए ।
आइतवार साँझ भरतपुर–७ कृष्णनगर खेलकुद मैदान आगाडी अज्ञाँत समूहले उनीमाथि आक्रमण गरेको थियो ।
उनको छुरा प्रहार गरी हत्या भएको भनिएपनि घटना स्थलमा गोलीको खोका समेत फेला परेपछि घटना थप शंकाको घेरामा परेको छ । निशाना खबरलाई प्राप्त फोटो अनि फूटेजमा उनको मृत शरीर क्षतविक्षत देखिएको छ । उनको छातीमा प्वाल जस्तो पनि देखिएको छ ।
अज्ञाँत समूहको आक्रमणबाट घाइते भएका उनलाई तत्कालै चितवन मेडिकल कलेज पुर्याइएको भए पनि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।