महोत्तरी : धनुषामा घरमा सुतिरहेका वडाध्यक्ष पदका उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार भएको छ ।
धनुषाको कमला नगरपालिका वडा नं. १ का वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्र नारायण यादवमाथि अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेको हो ।
हतियार प्रहारबाट यादव गम्भीर घाइते भएका छन् । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।
वुधवार राती करिब १२ः३० बजेको समयमा घरमा सुतिरहेका यादवमाथि खुकुरी र चक्कु प्रहार गरिएको जनाइएको छ ।
शरिरको विभिन्न ठाउँमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाती सुरेन्द्र यादवले बताए ।
घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।