• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

“राणाभन्दा ठूलो शासक जन्मिएको अनुभूति भयो” : उपमेयरको टिकट खोसिएपछि ममता

जनकपुरधाम : सम्वादका लागि फोन गर्नासाथ ममताले भनिन, ‘म उम्मेदवार होइन नि !’ हामीलाई थाहा छ भनेपछि उनी सम्वादका लागि तयार भइन् । उनी पहिलो पटक नेपाली कांग्रेसका लागि महोत्तरीको बलवा नगरपालिकाको उपमेयरमा सर्वसम्मत उम्मेदवार थिइन् । तर, पार्टीको जातीय र गुटको कारण टिकट खोसियो र कांग्रेसकै अन्य व्यक्त उठे । तर, कांग्रेसकी जिल्ला सदस्य रहेकी ममताले ‘म उम्मेदवार होइन’ भन्दै स्पष्टिकरण मात्र दिएर पुगेको छैन, ‘बलवामा कांग्रेसको मेरो उम्मेदवार हो,’ भनेर चिनाउँदै हिँड्नु परेको छ ।

उनकै शब्दमा उनी यो स्थानीय तहको निर्वाचनरुपी महाभारतका कृष्ण हुन् भने बलवा प्रमुख–उपप्रमुख प्रत्यासी विनोद यादव र रामदुलारी ठाकुर अर्जुन ! उनको यो तर्क यस अर्थमा जायज छ कि बलवा नगरपालिकाको जित हारमा कांग्रेसकै निर्भर छ । उनी भन्छिन, ‘ त्यहाँ हारे ममताले पार्टीमा अन्तरघात गरेर हराइन भन्ने भन्न बेर लाउँदैन, जिते त ठीकै छ, त्यसैले विद्रोह गरेर कांग्रेसलाई हराउन भनेर कलंक बोक्नुभन्दा बरु पार्टीसँगै हिँडेर जिताउन लागि पर्‍या छु ।’

ममताको खोसिएको सपना

वि.सं. २०६६ सालमा स्कुले जीवनसँगै नेपाल विद्यार्थी संघको राजनीतिमा होमिएकी ममता विद्यार्थी हुँदै पार्टी राजनीतिमा आइन् । महोत्तरीकी रैथाने उनी राजनीतिक शास्त्रमा स्नाकोत्तर गरेकी छिन् । बीए एलएलबी पढ्दै गरेकी ममता २०७३ भदौमा नेविसंघ संघका महाधिवेशन प्रतिनिधिहुँदै काठमाडौं ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा सबैभन्दा सर्वाधिक मत ल्याएर विजयी भएकी थिइन् । ०७४ को स्थानीय तह निर्वाचनमा पनि ममताले नै टिकट पाउने कुराको सहमति भएको थियो । तर, त्यतिबेला पनि नेत्री किरण यादवले आफ्नो जोडबलमा राम दुलारी ठाकुरलाई टिकट दिइन् । जो निर्वाचनमा भारी मतले पराजित भइन् ।

०७० सालकै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाबाट समानुपातिक सांसदको सूचीमा ममताको नाम सिफारिसमा पर्‍ यो । ममताले सम्झिदै भनिन, ‘त्यो बेलामा समानुपातिक सूचिमा मेरो नाम त अटायो तर अन्ततः मेरो भाग्य ठीक थिएन । टुङ्गो लगाएर निर्वाचन आयोगमा पठाएको नाम फेरि फिर्ता आयो । दुर्भाग्य मेरो के भयो भने उमेरको छेकबारले निर्वाचन आयोगमा पुगेको मेरो नाम फिर्ता पठाइदियो । सांसद बन्न २५ वर्ष अनिवार्य हुन्छ, तर मेरो केही महिना घटी थियो, अनि सांसद हुन पाइन् ।’

अध्ययन, पार्टी राजनीतिक र घरपरिवारलाई एकसाथ हाक्दै आएकी ममताले अघिल्लो निर्वाचनमा आफूलाई टिकट नदिएपनि कांग्रेस जिताउन बलवादेखि लोहारपट्टी नगरपालिकामा अहोरात्र खटिएको सम्झिन्छिन् । ‘सिंगो पार्टी पंक्तिको मेहनतको फलले अघिल्लो स्थानीय चुनाव म खटिएको दुवै नगरपालिकामा विजयी भयो । कांग्रेसले नगरपालिकासहित अधिकांश वडाहरु जित्यो ।

कसरी लाग्यो उपमेयरमा बिराम

जिल्ला सभापतिसहित पूर्वसभापतिले उपमेयरमा सर्वसम्मत ममताको नाम सिफारिस गरेपछि बधाईको ओइरो लाग्यो । नेपाली कांग्रेसको मधेश प्रदेश समितिले ममतालाई उपमेयरको टिकट टुंगो लगाइसकेपछि झनै समाजिक सञ्जालदेखि फोनमा बधाइको ओइरो लाग्न थाल्यो।

काठमाडौंमा स्थानीय निर्वाचन घोषणा समितिको बैठकमा हुँदा समेत उपमेयरको टिकट ममताले पाउने सुनिश्चित भइसकेपछि प्रत्यक्ष तथा भेटेरै समेत नजिकका साथी भाण र पार्टी पंक्तिका शीर्षस्थ नेताहरुले नै बधाइ दिएका थिए । कांग्रेसी नेता–कार्यकर्ता मात्र होइन, अन्य पार्टीका समर्थकरुबाट पनि बधाइ ओइरो थापिनसक्नु थियो । जिल्ला समितिबाट सर्वसम्मतले आफ्नो नाम सिफारिस हुँदा ममता पनि ढुक्क थिइन्, उपमेयरको टिकट पाउनेमा । प्रदेश समिति सदस्यीय बोर्ड र महोत्तरीबाट प्रतिनिधित्व गर्ने चारजना केन्द्रीय सदस्यहरु महेन्द्र राय, मन्जु यादव, नगिना यादव र कल्याण गुरुङबीच पनि ममतालाई नै टिकट दिनुपर्नेमा सर्वसहमति भएको थियो ।

‘प्रदेश सभापति कृष्ण यादवले सोमबार बिहान ७ बजे जनकपुर स्थित प्रदेश कार्यालयमा मसंगै जिल्ला सभापति नागेश्वर यादवलाई बोलाएर उपमेयर ममतालाई दिनुपर्छ भनेर हस्ताक्षर गरेको खाली टिकट थमाए । त्यतिबेला म पनि संगै थिए । त्यसमा मेरो मात्र नभई अन्य पालिकाहरुको टिकट पनि थियो,’उनले भनिनन्।

‘अघिल्लो चुनावमा पनि ममतासँग अन्याय भएको छ, अब जसरी पनि ममताले नै टिकट पाउनुपर्छ,’ सभापति कृष्णको भनाइ उद्धृत गर्दै ममताले भनिन्। त्यतिबेला जिल्ला सभापति नागेश्वरले पनि निष्पक्ष रूपमै टिकट दिने प्रतिवद्धता जनाए । यति भएपछि म टिकट पाउनेमा ममता विश्वस्त भइन् । तर, सोमबार मनोनयन दर्ता गर्नुअघि मैले थाहा पाइन–टिकट खोसिएर अर्कौलाई दिइएको रहेछ,’ उनले भनिन, ‘जिल्ला सभापति नागेश्वरले टिकट बुझिसकेपछि प्रदेश कार्यालयमा सँगै रहेकी ममतालाई टिकट नदिएर महोत्तरीकै लोहारपट्टी नगरपालिकाका निवर्तमान मेयर शैलेन्द्र यादवको जनकपुर स्थित घरमा टिकट दिने कुरा भयो । तर लोहारपट्टीका निवर्तमान मेयर शैलेन्द्रको घरमा पूर्व केन्द्रीय सदस्य किरण यादवले पहिल्यै देखि ममतालाई टिकट दिनु हुदैन, भन्नेमा मेयरहरु र किरणबीच आपसी सहमति भईसकेको थियो । मेयरको टिकट विनोद यादवले पायो तर पक्का भइसकेको मेरो उपमेयरको टिकट अरुलाई दिइयो ।’

आफ्नै अगाडि प्रदेशका सभापति कृष्ण यादवले दिएको टिकट नेपाली कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य किरणले आफ्नो जोडबलमा खोसिदिए । ‘राजनीतिक प्रतिशोध साध्न किरणले आफ्नो टिकट जबरजस्ती खोसिदियो । म मेयरको घरबाट हत्तर हत्तर मेरो टिकट किन खोसियो भनेर सोधखोज गर्न नेत्री किरण यादवको घरमा पुगिन्, तर त्यहाँ अर्कै माहोल थियो । मेरो टिकट किन खोस्नुभयो भनेर सोधे, ‘उहाँले तिम्रो पावर चल्यो, नाम सिफारिस गरायौ । अब यहाँ मेरो पावर चल्यो मैले खोसिदिएँ । जे गर्नुछ गर भनेर जवाफ दिनुभयो,’ उनकै शब्दमा यसरी जवाफ किरण यादवले फर्काए ।

अघिल्लो स्थानीय तह निर्वाचनमा पनि ममताले नै टिकट पाउने कुरा भएको थियो । तर, त्यतिबेला पनि नेतृ किरणकै जोडबलमा रामदुलारी ठाकुरलाई टिकट दिइएको ममताको दुखेसो छ । अघिल्लो चुनावमा पराजित भएकी उनै ठाकुरलाई यसपटक पनि टिकट दिइएको छ । क्षेत्रका केही सीमित व्यक्तिहरुको एकतन्त्रीय शासन प्रणाली र अरुलाई वास्तै नगर्ने तथा राणा शैलीमा पार्टीलाई हाक्न खोज्दा क्षेत्रमा सबै स्थानीय पालिकाहरुमा नेपाली कांग्रेस निर्वाचित भएपनि प्रदेश र प्रतिनिधिसभामा सबै क्षेत्र पराजय भोग्नुपरेको ममताले सुनाइन् । ‘राणाभन्दा पनि ठूलो शासक जन्मिएको अनुभूत भइरहेको छ, यो नियोजित षडयन्त्रले कुनै व्यक्तिको स्वार्थ त पूरा होला, तर सिंगो नेपाली कांग्रेसको मूल्यमान्यता र विचारलाई कुल्चेर राणा शासनको शैलीमा जानु राम्रो होइन ।’

कांग्रेसको महोत्तरी जिल्ला अधिवेशनमा पनि मलाई हराउन हरसम्भव प्रयास भयो । ‘म महतो भएकै कारण बलवा नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरको टिकट सर्वसम्मत मेरो नाममा हुँदा पनि अर्कैको उम्मेवारी गराएको हो ? नेत्री किरण यादव ज्यूले मलाई आफ्नो प्रतिस्पर्धीको रुपमा आंकलन गर्नुहुन्छ, त्यही भएर मलाई हरेक कुरामा पटक-पटक रोक्ने प्रयास हुन्छ,’ ममताले भनिन्

  • अनुभूति भयो
  • उपमेयर टिकट
  • खोसिएपछि
  • जन्मिएको
  • ठूलो शासक
  • ममता
  • राणाभन्दा
मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.