Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

भरतपुरमा विकास : व्यवस्थित सहरी विकासको सोच देखिएन

भरतपुुर : पूर्वाधार विज्ञ सूर्यराज आचार्यले भरतपुर महानगरपालिकाको पाँच वर्षे नेतृत्वमा व्यवस्थित सहरी विकासको सोच नदेखिएको बताएका छन् । भरतपुर महानगर सडक लगायतका पूर्वाधार निर्माणमा उल्टो बाटो हिँडेको उनी बताउँछन् । भरतपुरमा वर्षेनी मान्छेको चाप अत्यधिक बढ्दै गएको अवस्थामा व्यवस्थित सहरी विकासलाई भने प्राथमिकता नदिइएको उनले बताए ।

‘भन्दा पूर्वाग्राही भएर भन्यो भन्लान् तर मैले एउटा विज्ञका रुपमा भन्नुपर्दा भरतपुर महानगरपालिका पूर्वाधार निर्माणमा उल्टो बाटो हिँडेको छ’, उनी भन्छन्, ‘भरतपुरको विकासले काठमाडौँको जस्तै गलत सहरी विकास समेटेको छ ।’

उल्टो गतिको विकासले पैसाको नाश मात्र भएको उनी बताउँछन् । ‘व्यवस्थित सहरी विकासको लागि पाँच वर्षे नेतृत्वमा त्यस्तो सोच देखिएन’, उनले भने, ‘म धेरै पटक भरतपुरमा आउने र बस्ने गरेको छु । पुराना ग्राभेल भएको बाटोमा पिच गर्ने काम मात्रै भएका छन् । अहिले भौतिक विकासको जुन शैली छ । त्यसलाई भविष्यका पुस्ताले स्वीकार गर्न सक्दैनन् ।’

काठमाडौँमा अहिले एक मिटर बाटो विस्तार गर्न फलामको चिउरा चपाए जस्तै हुने गरेको भन्दै उनले भरतपुर पनि त्यहि गतिमा हिँडेको बताए । व्यवस्थित सहरी विकासको लागि योजनाको स्पष्ट ‘ब्लु प्रिन्ट’ आवश्यक पर्ने उनी बताउँछन् । ‘हिलोमा हिँडेको मान्छेलाई सडक पिच भएपछि त धेरै नै भएको जस्तो लाग्ला । तर मैले राम्रो भएको छ भन्न सक्ने अवस्था छैन’, उनी भन्छन्, ‘उल्टो विकासलाई रोक्न भरतपुरलाई अझै पनि मौका छ ।’

पछिल्लो पाँच वर्षमा महानगरले बनाएका अधिकांश बाटोमा नाली छैन । करोडौं रुपैयाँ खर्चिएर फुटपाथमा टायल विछ्याइएको छ तर लाखमा उम्किने नालीको काम गरिएको पाइदैन । नाली नै नहुँदा बर्खामा सडक, घर, अस्पताल, सरकारी कार्यालय लगायतका संरचनाहरु डुबानमा पर्ने गरेका छन् ।

नयाँ कालोपत्रे गरिएका सडकमा समेत नाला बनाइएको छैन । पानीको निकास नहुँदा बर्खामा सरकारी कार्यालय पुग्ने सेवाग्राही हातमा जुत्ता लिएर कार्यालय प्रवेश गर्नुपर्ने बाध्यता छ । महानगरमा अब आउने जनप्रतिनिधिले दिगो विकासमा ध्यान दिनुपर्ने देखिन्छ ।

भरतपुर महानगरपालिकामा पछिल्लो पाँच वर्षमा धेरै विकास भएको चर्चा हुने गर्छ । भरतपुरका अधिकांश स्थानमा सडक पिच पनि भएका छन् । केहि ठाउँमा हुने क्रममा छ, तर घाम लाग्दा काला र चिल्ला देखिने सडक एकझरको पानीमा डुबानमा पर्ने गरेका छन् ।

  • भरतपुरमा विकास
सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.