गैँडाकोट : गैँडाकोटमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । नगरपालिकाको वडा नं. ५ का बेद प्रसाद गौतमले झुण्डिएर आत्महत्या गरेका हुन्।
आफ्नै घरपछाडी रहेको आँपको रुखमा झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।
अन्दाजी बर्ष ७० का गौतमले राति आत्महत्या गरेको खुलेको छ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ।