रत्ननगर : स्थानीय तह निर्वाचनको मुखैमा आएर नेकपा एमाले रत्ननगर–१६ का उपसचिव सन्तोष लामाले पदबाट राजीनामा दिएका छन्।
आफ्नै बुबा लालबहादुर लामाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट वडा नं. १६ को वडाअध्यक्षमा उमेदवारी दिने निर्णय गरेपछि आफू दोस्रो पार्टीमा रहिरहन नैतिकताले नदिने भन्दै पदबाट राजीनामा दिएका हुन्।
‘एउटै परिवारको सदस्य पनि दुई दलमा रहँदा पार्टी पद्दति र नैतिक प्रश्न उठेको हुँदा नैतिकताको आधारमा मैले पनि पार्टी परित्याग गरेको हुँ,’ उनले भने।
लालबहादुर केही दिनअघि मात्रै नेकपा एमाले छाडेर राप्रपा प्रवेश गरेका नेता हुन्। उनले आज वडाअध्यक्ष पदमा उमेदवारी दर्ता गराउँदैछन्।