जनकपुर : नेपाली कांग्रेसबाट उपमेयरको टिकट पाएर मनोनयनका लागि जानुभएकी एक नेतृले कांग्रेसको टिकट त्यही च्यातेर एमालेमा प्रवेश गर्नुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरमा टिकट पाएपछि नेतृ रुना झा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेपाली कांग्रेसको प्रदेश समिति सदस्यबाट समेत राजीनामा दिँदै झा एमालेमा प्रवेश गर्नुभएको हो ।
झालाई एमाले नेतृ जुलीकुमारी महतोले पार्टी प्रवेश गराउनुभयो । उहाँले एमालेबाट जनकपुरधामको उपमेयरमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । कांग्रेसले जित्ने आधार समाप्त भएकाले आफूले एमाले रोजेको उहाँको दावी छ ।
बाहिर भने उहाँले टिकट नपाएर एमालेमा गएको हल्ला चलाईएको छ । तर उहाँलाई पार्टीको प्रदेश समितिले टिकट दिएको थियो । उक्त टिकट च्यातेर जनताले रोजेको पार्टीमा गएको उहाँको भनाई छ ।