भरतपुर : भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा महानगरका नेकपा एमालेबाट विजय सुवेदीले उम्मेदवार मनोनयन दर्ता गरेका छन् ।
सुवेदीको प्रस्तावक देवी ज्ञवाली र समर्थक कृष्णभक्त पोखरेल रहेका छन् । एमाले र राप्रपाबीच चुनावी तालमेल भएअनुसार भरतपुर महानगरको उपमेयरमा राप्रपाका उमेदवारले मनोनयन गर्नेछन् ।
राप्रपाले उपमेयरको उमेदवार छनौट गर्ने अन्तिम तयारीमा जुटेको छ ।