बर्दघाट : पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ५ सखुवानी स्थित खजुरा खोलामा डुबेर एक युवाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ५ पञ्चम कुटी नजिकै रहेको खजुरा खोलामा शनिबार पौडी खेल्न गएका २९ वर्षीय सुरज थापा मगर खजुरा खोलामा डुबेर मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेका अनुसार मृतक थापाको शरीरलाई खोलाबाट झिकी पोष्टमार्टमको लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको जनाएकोे छ।