कैलालीमा श्रीमतीले हँसिया प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
मोहन्याल गाउँपालिका–१ मा ३२ वर्षीया चुमा थापामगरले आफ्ना श्रीमान ४३ वर्षीय नारायण थापा मगरको हँसिया प्रहार गरी हत्या गरेकी हुन्।
आइतबर राति १२ बजेको समयमा दुई जनाबीच विवाद हुँदा चुमाले हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
श्रीमानको हत्या गरेकी चुमा आफै प्रहरी कार्यालय पुगेकी छन्। अहिले थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल तर्फ लागेको छ ।