नवलपुर : नारायणगढबाट डण्डा हिडेको बस दुर्घटना भएको छ । पूर्वी नवलपरासीको कावासोती ८ खरकट्टामा बस दुर्घटना हुँदा बसमा सवार २१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी २१ जना घाइते भएका छन् । बसमा ३२ जना सवार रहेका थिए । दुर्घटनामा अधिकांश कावासोती र डण्डा आसपासका यात्रुहरु घाइते भएका छन् ।
ना ५ ख १४१६ को बस आज साँझ खरकट्टा जंगलमा दुर्घटना भएको हो ।
घाइतेहरुको विवरण
१. गैडाकोट १६ का ४९ बर्ष सरस्वती लामिछाने
२. कावासोती ८ का ५४ बर्ष शान्ता थापा
३. कावासोती ८ का ४९ बर्ष संगिता खड्की
४. कावासोती २ का ५२ बर्ष सूर्यज्योति पाण्डे
५. कावासोती २ का ४८ बर्ष जानुका पाण्डे
६. कावासोती २ का ३५ बर्ष दीपा भट्टराई
७. कावासोती २ का ५४ बर्ष मुनादेवी शर्मा भट्टराई
८. कावासोती ३ का ३९ बर्ष कमला कुँवर
९. कावासोती २ का ३८ बर्ष सेतीमाया सोती
१०. कावासोती ९ का ३२ बर्ष शुशिला लम्साल सिग्देल
११. कावासोती १४ का ४४ बर्ष सूर्यबहादुर महता
१२. कावासोती ६ का ४५ बर्ष केशवराज भुसाल
१३. हुप्सेकोट ३, गिरुवारीका २८ बर्ष रेनुका थापा
१४. कावासोती ८ बर्ष ५० दुर्गा पराजुली
१५. कावासोती ५ का बर्ष ३० पवित्रा थापा
१६. कावासोती ३ बर्ष २७ हरि पौडेल
१७. कावासोती ३ बर्ष २४ प्रतिमा घिमिरे
१८. कावासोती ३ (३ महिने बच्चा) प्रिस्मा पौडेल
१९. कावासोती ३ बर्ष ५१ गीता बस्ताकोटी
२०. कावासोती ८ बर्ष १८ जीवन डुम्रे
२१ कावासोती ६ बर्ष ३० दिपेश अधिकारी