• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

लोकप्रिय समाचार

  • १. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ७. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • १०. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

नेपाली सेना : शान्ति सेनामा खटिँदा ज्यान गुमाएका सैनिकका परिवारले कस्तो राहत पाउँछन्?


कङ्गोमा एक जना नेपाली शान्ति सैनिक मारिएपछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरशले शान्ति सैनिकमाथिको आक्रमण युद्ध अपराध ठहर हुनसक्ने चेतावनी दिएका छन्। उनले कङ्गोका अधिकारीहरूलाई उक्त घटनाको अनुसन्धान गर्न र दोषीलाई न्यायको कठघरामा ल्याउन आग्रह गरेका छन्।

 

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेको राष्ट्रसङ्घीय मिसन मोनुस्कोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोही समूहले गरेको आक्रमणमा मङ्गलवार निधन भएको थियो।

नेपाली सेनाले उक्त क्षेत्रमा खटिएका अरू शान्ति सैनिकहरू सुरक्षित रहेको भन्दै ज्यान गुमाएका शान्ति सैनिकको शव राष्ट्रसङ्घको समन्वयमा नेपाल ल्याइने जनाएको छ।

 

कसरी मारिए नेपाली सैनिक?

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार नेपाली शान्ति सैनिकले ‘अप्रेसन बाली सञ्चालन’ गरिरहेको बेला विद्रोहीहरूले लुकेर गोली चलाएका थिए।

त्यसक्रममा नेपाली शान्ति सैनिक घाइते भएका थिए।

उनलाई हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि बुनियास्थित राष्ट्रसङ्घीय अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको निधन भएको थियो।

 

अप्रेसन बालीका दौरान खटिएका अन्य नेपाली शान्ति सैनिक सुरक्षित रहेको सैनिक प्रवक्ताको भनाइ छ।

नेपाली सेनाका प्रवक्ताले ती शान्ति सैनिक सिपाही सुर्खेतका अनिल गुरुङ भएको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन्।

उनले लेखेका छन्, “शान्ति स्थापना जस्तो महान् कार्यमा ज्यान गुमाउने उनको उनको योगदान र सर्वोच्च बलिदानप्रति नेपाली सेना उच्च सम्मान गर्दछ।”

“दुखको यो घडीमा परिवारका सदस्यहरूलाई हार्दिक समवेदना प्रकट गर्दछौँ।”

तस्बिर स्रोत,NA SPOKESMAN

आफ्ना सहप्रवक्तामार्फत जारी गरिएको विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका महासचिवले पनि मृतक शान्ति सैनिकका परिवार, नेपाल सरकार र नेपाली जनतालाई समवेदना प्रकट गरेका छन्।

मृतक सैनिकको शव संयुक्त राष्ट्रसङ्घको मुख्यालयसँगको समन्वयमा नेपाल ल्याइने सेनाका प्रवक्ताले बीबीसीलाई बताए।

उनी भन्छन्, “यसरी शान्ति मिसनका क्रममा ज्यान गुमाउने सैनिकहरूको शव नेपालमा ल्याउने व्यवस्था विगतमा पनि मिलाउने गरिएको छ।”

“न्यूयोर्कस्थित हाम्रो राष्ट्रसङ्घीय मिसनसँग समेत समन्वय गरेर हामी ज्यान गुमाएका सैनिकको शव नेपाल ल्याउने व्यवस्था मिलाउँछौँ।”

सन् २०२२ को ज्यानुअरीसम्मको तथ्याङ्क अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गोस्थित राष्ट्रसङ्घीय मिसनमा करिब १,१०० नेपाली शान्ति सैनिक खटिएका छन्।

 

परिवारलाई राहत र सम्मान

नेपाली सेनाका प्रवक्ता सिलवालले संयुक्त राष्ट्रसङ्घ र नेपाली सेना दुवैले ज्यान गुमाउने शान्ति सैनिकका परिवारलाई राहत उपलब्ध गराउने बताए।

उनले भने, “मिसन क्षेत्रको जोखिम अनुसार तोकिएको राहत र क्षतिपूर्ति रकम संयुक्त राष्ट्रसङ्घले परिवारलाई उपलब्ध गराउँछ। अङ्गभङ्ग हुनेहरूलाई पनि क्षतिपूर्ति दिने गरिन्छ।”

“त्यसबाहेक राष्ट्रसङ्घबाट सम्मान र नेपाली सेनाबाट पनि सहयोग उपलब्ध गराउने गरिन्छ।”

उनी थप्छन्, “हाम्रोतर्फबाट परिवारले प्राप्त गर्ने सुविधा, सम्मान, राहत, पेन्सन र कल्याणकारीले दिने सहुलियत सबै उपलब्ध हुन्छ।”

 

संयुक्त राष्ट्रसङ्घले मिसनमा खटिने क्रममा ज्यान गुमाएका शान्ति सैनिकलाई आफ्ना पूर्व महासचिवको नाममा स्थापित ड्याग ह्यामरशोल्ड मेडल समेत उपलब्ध गराउने गरेको छ।

राष्ट्रसङ्घको महासभाले सन् २०१० अनुमोदन गरेको एउटा प्रस्ताव अनुसार मृतक शान्ति सैनिकलाई ७०,००० अमेरिकी डलर राहत स्वरूप उपलब्ध गराउने गरिन्थ्यो।

तर सन् २०१८ मा अर्को प्रस्ताव पारित गर्दै महासभाले अङ्गभङ्ग भएका र ज्यान गुमाएकाहरूलाई दिइने क्षतिपूर्ति रकम १० प्रतिशतले बढाउने निर्णय गरेको थियो।

नेपाली सेनाको अनुसार हालसम्म ७२ जनाले शान्ति मिसनमा खटिँदा ज्यान गुमाएका छन् भने ६६ जनाको अङ्गभङ्ग भएको छन्।

 

सबैभन्दा पहिले २०३६ साल पुसमा नेपाली सेनाका सिपाही गंगाबहादुर दर्लामीले लेवनानमा ज्यान गुमाएका थिए।

बढी फौज पठाउने दोस्रो राष्ट्र नेपाल

सन् १९५८ मा पाँच जना सैनिक पर्यवेक्षकसहित राष्ट्रसङ्घीय शान्ति मिसनहरूमा खटिन थालेको नेपाली सेनाले हालसम्म एक लाख ४० हजारभन्दा बढी फौज राष्ट्रसङ्घीय मिसनहरूलाई उपलब्ध गराएको छ।

ज्यानुअरीसम्मको तथ्याङ्क अनुसार नेपालबाट ५,६०० भन्दा बढी सैनिक र प्रहरीहरू राष्ट्रसङ्घीय मिसनमा कार्यरत छन्।

उक्त आँकडाले नेपाललाई बाङ्गलादेशपछि सबैभन्दा बढी शान्ति सैनिक तथा प्रहरी उपलब्ध गराउने देशको सूचीमा पुर्‍याएको छ।

नेपालले संयुक्त राष्ट्रसङ्घले अनुरोध गरेमा एक पटकमा १०,००० सम्म शान्ति सैनिक खटाउनसक्ने जनाएको छ।

आकर्षक तलब र सुविधा हुने भएकाले शान्ति सेनामा सहभागिताप्रति नेपाली सेनामा उच्च आकर्षण रहेको पाइन्छ। प्रत्येक शान्ति सैनिकलाई मासिक १,४२८ डलर दिने निर्णय राष्ट्रसङ्घले गरेको छ।

मिसनबाट खटिँदा सैनिकहरूबाट सङ्कलित हुने रकमको निश्चित प्रतिशत सेनाले आफ्नो कोषमा जम्मा गर्ने गरेको छ।

र त्यसबाट प्राप्त हुने ब्याजबाट नेपाली सेनाले आफ्नो कल्याणकारी कार्य सञ्चालन गर्दै आएको छ।

नेपाली शान्ति सैनिकको प्रशंसा

सन् २००८ मा नेपालको भ्रमण गरेका संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि मुनले सन् २००५ को जुनमा कङ्गोको मिसनमा ज्यान गुमाएका एक जना नेपाली मेजरले प्रदर्शन गरेको बहादुरीको चर्चा गरेका थिए।

 

सामुहिक बलात्कारको अनुसन्धान गरिरहेका मानवअधिकारकर्मीहरूको एउटा टोलीलाई सुरक्षा दिन मेजर कबिन्द्रजङ्ग थापा खटिएका थिए।

उक्त टोली फर्कन लाग्दा सयौँ सशस्त्र विद्रोहीले हेलिकोप्टरलाई घेरेर गोली चलाएको उल्लेख गर्दै बानले सबै जना सुरक्षित भएर हेलिकोप्टर चढ्ने कुरा उनले सुनिश्चित गरेको उल्लेख गरेका थिए।

थापाको सम्मानमा तत्कालीन राष्ट्रसङ्घीय महासचिवले भनेका थिए, “सबैभन्दा अन्तिममा चढ्नेमा उनी थिए। तर हेलिकोप्टरभित्र प्रवेश गरे लगत्तै उनलाई गोली लाग्यो र उनी मारिए।”

“मेजर थापाले आफ्ना सहकर्मीको सुरक्षा गर्दै ज्यान गुमाए। उनले शान्ति र मानवअधिकारको रक्षा गर्दा गर्दै ज्यान गुमाए। उनले राष्ट्रसङ्घको सुरक्षा गर्दै ज्यान गुमाए।”

 

नेपालले शान्ति मिसनमा योगदान पुर्‍याएको ५० वर्ष पुगेको अवसरमा राष्ट्रसङ्घका महासचिवले नेपालको सहभागीतालाई अनुपम उदाहरण भनेका थिए।

कङ्गो मिसनमै खटिएकी नेपाल प्रहरीकी नायब उपरीक्षक संज्ञा मल्ललाई राष्ट्रसङ्घको उत्कृष्ट महिला प्रहरीको सम्मान दिएको थियो।

 

 

विविसी नेपाली

  • नेपाली सेना!
शुक्रबार, चैत २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन
पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो
दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

लोकप्रिय

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ३.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ४.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

भर्खरै

  • १.
    आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

  • २.
    डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ३.
    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

  • ४.
    तीन पटकसम्म म्याम थप्दा पूरा हुन सकेन नमूना पशु अस्पताल भवन

  • ५.
    पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल बाँदर समस्या बढ्दो

  • ६.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ७.
    हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.