चितवन : चितवनमा सवारी दुर्घटनामा परि एक दम्पतिको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगरको भानु चोकमा वस र मोटरसाइकल ठोक्किदा दुइ जनाको मृत्यु भएको हो ।
पूर्ववाट पश्चिम आउदै गरेको ना ५ख १९० नम्वरको मिनिवस र पश्चिमवाट रत्ननगर जादै गरेको वाग्मीि प्रदेश ०३-००२प१८९५ नम्वरको मोटरसाइकलको ठक्करमा परि ती दम्पतिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रत्ननगर २ निवासी ४५ वर्षिय निरञ्जन श्रेष्ठ र उनकी ४० वर्षिया श्रीमती निनतारा श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा परेका उनीहरु उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।