एजेन्सी : अमेरिकामा एक महिलाले ब्लगमार्फत आफ्ना श्रीमानको लाजमर्दो कामको बारेमा जानकारी गराएकी छिन् । ती महिलाले ब्लगमा लेखेकी छिन् उनका श्रीमानले आफ्नी छोरीलाई निकै अश्लील म्यासेज पठाएका थिए ।
ती व्यक्तिले यौनकर्मी महिलालाई पठाउन खोजेको म्यासेज झुक्किएर छोरीकहाँ पुगेको बताइएको छ ।
म्यासेज हेरेपछि छोरी डराएर आमाकहाँ गएकी थिइन् । आमाले म्यासेज हेरेपछि तत्कालै सम्बन्ध विच्छेद गर्ने निर्णय गरिन् ।
ब्लगमा लेखिएअनुसार ती व्यक्तिले दुई यौनकर्मी महिलालाई यो म्यासेज लेखेका थिए ।म्यासेजमा ती युवतीहरुलाई आफूले बारमा भेट्ने उल्लेख थियो । यसबाहेक म्यासेजमा ती दुई यौनकर्मी महिलालाई घर आउने अफरसहित अन्य सबै कुरा विस्तारमा लेखिएको थियो ।
यो सबै १४ वर्षकी छोरीले पढिन् ।आमाबाबु सम्बन्धविच्छेद गरेर छुट्टिने र पिताले यस्तो काम गरेपछि उनीहरुका १४ र १७ वर्षका दुई छोरी डिप्रेसनको शिकार भएको र उनीहरुको काउन्सिलिङ भइरहेको बताइएको छ ।