धरान : म्यादी प्रहरीको आवेदन दिएर फर्किदै गरेकी एक १९ वर्षीय युवतीको मृत्यु भएको छ ।आवेदन दिएर फर्किदै गर्दा धरान सवारी दुर्घटनामा परी युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा सागुरीगढी गाउँपालिका वडा नं ७ की १९ वर्ष की श्रेया राई रहेकी छन् ।
आवेदन दिएर घर फर्किएकी धनकुटाकी श्रेयाको धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ सागुरीगढी किल्ला नजिक गोलखाडी भेडेटार भित्री कच्ची सडक खण्डमा सुमो जिपमा सवार राईको जिप दूर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ।
धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा श्रेया राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको बुधबार बिहान २ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।