नायक पल शाहविरूद्ध तनहुँमा पनि मुद्दा दर्ता भएको छ। नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका शाहविरूद्ध जिल्ला अदालत तनहुँमा पनि मुद्दा दर्ता भएको हो ।आज सरकारी वकिल कार्यालयमार्फत् शाहविरूद्ध बलात्कार मुद्दा दायर भएको छ।
सोमबार जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो।
बालिका १४ देखि १६ वर्षकी हुँदा घटना भएको भन्दै प्रहरीले शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको मागदाबी गरेको छ।
यस्तै प्रहरीले पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई मतियारको रूपमा खडा गरेको छ। उनलाई पनि शाहको भन्दा आधा सजायको मागदाबी गरेको छ।
किशोरीले आफूमाथि पटक पटक बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो। र १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए।