पाल्पा : जिल्लामा फोटो खिच्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । साथीहरु सँग घुम्न आएका भारतको गोरखपुरका २८ वर्षीय सान्तनु नन्दी तिनाउ गाउँपालिका–३ भूतखोलामा डुवेर मृत्यु भएको हो ।
आइतबार दिउँसो साथीहरु सँगै खोलाको ढुङ्गामा चढेर फोटो खिचेका नन्दी अचानक चिप्लन गई खोलामा डुवेका थिए । खोलामा डुवेका उनलाई प्रहरी चौकी दोभानको टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो ।
अचेत अवस्थामा रहेका नन्दीलाई तत्कालै प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।
घटनाको विषयमा थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ । यस्तै सोही स्थानमा गत शुक्रबार मात्र रुपन्देही बाट पाल्पा घुम्न आएकी १८ वर्षीया किशोरको पनि सोही खोलामा डुबेर ज्यान गएको थियो ।
साथीहरुसँग घुम्न आएकी बुटवल उपमहानगरपालिका –८ की प्रसन्न पोखरेलको हातमुख धुने क्रममा खोलामा डुवेर ज्यान गएको हो ।