बाजुरा : जिल्ला प्रहरी कार्यालयले बलात्कारको आरोप लागेका जगन्नाथ गाउँपालिका-५ का नवराज शाहीलाई पक्राउ गरेको छ । उनी पाँच वर्षपछि आइतबार गगन्नाथ गाउँपालिकाबाटै पक्राउ परेका हुन् ।
प्रहरी कार्यालयकाका अनुसार २०७४ साल पुस १३ गते सोही गाउँकी एकल महिलालाई बलात्कार गरी फरार रहेका थिए ।
जिल्ला अदालतको २०७६ भदौ ३ गतेको आदेशले उनलाई दुई वर्ष ६ महिना कैद फैसला गरेको थियो । उक्त फैसला अनुसारको कार्यान्वयन गर्न सोमबार जिल्ला अदालत बजुरामा पेश गरी कैद भुक्तानका लागि आजनै कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।