• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

बलात्कार अभियुक्तलाई प्रहरीले भगाएको आरोप , के भन्छ प्रहरी?


महोत्तरी : सेटिङ्गमा जुवा खेलाएको भन्दै यसअघि आलोचना व्यहोरेको महोत्तरीका प्रहरी फेरि अर्को घटनाका कारण चर्चामा रहेको छ।

जबरजस्ती करणी गरि फरार रहेका अभियुक्त पक्राउ गरेको प्रहरीको घेराबाट भागेपछि आलोचना भइरहेको हो। पीडितपक्षले प्रहरीको मिलेमतोमा अभियुक्तलाई भगाइएको आरोप लगाएको छ। जबरजस्ती करणीका फरार अभियुक्त जितु मण्डललाई प्रहरीले भगाएको पीडित पक्षको आरोप छ।

मण्डलविरुद्ध १० साउन २०७७ रातको ९ बजे जिल्लाको रामगोपालपुरकी एक महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडितपक्षले किटानी जाहेरी दिएका थिए। जिल्लाकै औरही नगरपालिका बस्ने २६ वर्षीय जितु मण्डलसहित सोही उमेरका खुस्रे मुखियाले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेसँगै उनीहरु फरार भएका थिए।

रातको ९ बजे सौच गर्न निस्किएकी महिलालाई दुई जनाले जबरजस्ती करणी गरेको प्रमाणहरु घटनास्थलवाट बरामद भए पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको थिएन।

‘हामी न्यायको लागी सयौ पटक जिल्ला प्रहरी कार्यालय जलेश्वर पुग्यौ तर प्रहरीले खोजी हुँदै छ भन्दै टारे’, पीडित महिलाका देवरले गुनासो गरे।

१ बर्षदेखि फरार अभियुक्त जितु मण्डल शुक्रबार मामाघर आउने सुइको पाएपछी स्थानीयहरुले प्रहरीलाइ खबर गरे। गत शुक्रवार आरोपित भनिएका मण्डल भंगाहा नगरपालिकास्थित मेघरौलमा मामाघरमा पनि आए।

शुक्रबार प्रहरीहरु मामाघरमा नै पुगेर मण्डललाई पक्राउ गर्‍यो। उनी पक्राउ परेपछि पीडित परिवारमा न्याय पाउने आशा पलाएको थियो।

तर जब अभियुक्त मण्डल हतकडीसहित भागेको थाहा पाए तब पीडितहरुको घाउ झन आलो बन्यो। वडा अध्यक्ष जितेन्द्र चौधरीका अनुसार मण्डल भागेको हो कि भगाइएको हो भन्ने बिषयमा प्रहरी कै मत बाझिएको छ।

उनले भने, ‘प्रहरीले मण्डल हतकडीसहित भागेको भनेका छ। तर हतकडी लगाइएको ब्यक्ति सजिलै कसरी भाग्यो भन्नेमा विभिन्न आशंका छन्, प्रहरीसँग कुरा गर्दा कहिले हतकडीसहित भागेको भन्छन्, कहिले हतकडी फुकाइदिएपछि भागेको भन्छन्।’

प्रहरीले हत्कडीसहित भागेको दाबी गरे पनि हत्कडी भने प्रहरी कार्यालमानै रहेको दाबी स्थानीयको छ। प्रहरीको हतकडीसहित भागेको वा हत्कडी खोलेर भगाइएको विषय यतिबेला महोत्तरीमा चर्चामा रहेको छ।

पीडित महिलाका देवरले प्रहरीले अभियुक्त मण्डललाई मिलोमतोमा नै भगाएको आरोप लगाएका छन्।

करणी भएको ठाउँवाट मण्डल र मुखियाको ज्याकेट, मोबाइल समेत बरामद गर्दा पनि पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाउन नसक्नु र आरोपित मण्डललाई भगाउने चलखेल हुनुले घटनामा प्रहरीको मिलेमतो रहेको आरोप पीडित पक्षको छ।

घटनालाई नजिकबाट नियालेका वडा अध्यक्ष जितेन्द्र चौधरीले समेत प्रहरीको अनुसन्धान शंकाको घेरामा रहेको दाबी गरे। उनले अभियुक्तलाई उन्मुक्ति दिन खोजिएको बताए।

प्रहरीले भने घटनालाई ठूलो बनाएर मिडियावाजी नगर्न भन्दै धम्कीका साथै प्रलोभन समेत पार्न खोजेको अडियो समेत प्राप्त भएको छ। घटनाबारे प्रहरीमाथि नै अनुसन्धान गर्न पीडित पक्ष र स्थानीयको माग छ।

बोल्न नसक्ने महिला सौच गर्न गएको वेला उखुवारीमा लगेर जवर्जस्त करणी गरेको विभिन्न प्रमाण भए पनि पीडितलाई पीडक पक्षले उजुरी गरेपछी धम्की दिँदै कुटपिट समेत गरेको पीडित महिलाका श्रीमानले बताए।

 

प्रहरीले जाहेरीपछि सूक्ष्म रुपमा अनुसन्धान भइरहेको दाबी गरेको छ। अपराधीलाई सजाय दिलाउन प्रहरीले हदैसम्मको प्रयास गरिरहेको एसपी दिनेश आचार्यले बताए। अभियुक्तलाई भगाइएको वा भागेको विषयमा छानबिन भइरहेको एसपी आचार्यले बताए।

अभियुक्त प्रहरीबाट भगाइएको र पीडित पक्षमाथि हातपात गरेको आरोपमा मण्डलकी आमालाई प्रहरीले पक्राउ गरि छानिबिन गरेको छ।

 

-न्युज कारखाना

  • अभियुक्तलाई
  • आरोप
  • प्रहरीले
  • बलात्कार
  • भगाएको
मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.