• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चिन्तित किसान : ‘भारतीय आलुले बजार खाइदियो’ ‘लागत मूल्य पनि उठ्दैन’

सर्लाही : आलुको मूल्य घटेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । आलु खनेर बिक्री गर्ने समयमा धमाधम आलुको मूल्य घटेपछि आफूहरू समस्यामा परेको बरहथवा नगरपालिका–२ हजरियाका किसान बद्री कटुवालले गुनासो गर्नुभयो ।

‘माघको पहिलो हप्ता खेतबाटै आलु प्रतिकेजी ३० रुपैयाँका दरले बिक्री भएको थियो, अहिले मूल्य घटेर १८ रुपैयाँमा बिक्री भइरहेको छ । एक हप्तामा आलुको मूल्य प्रतिकेजी १२ रुपैयाँले घट्यो, यो मूल्यमा आलु बिक्री गर्दा लागत मूल्य पनि उठ्दैन् । बिउ,मलखादको मूल्य बढ्दो छ । किसानले उत्पादन गरेको वस्तुको मूल्य भने घट्दो छ । नौ सय रुपैयाँमा पाउने युरिया मल अहिले १३ सय रुपैयाँमा किन्नुपर्छ, त्यही पनि नेपाली मल नपाएर भारतीय मल हाल्नुपर्छ । त्यस कारण यस वर्ष आलुको उत्पादन समेत घटेको छ, खेतीको लागत मूल्य उठाउनै मुस्किल पर्ने भयो’, उहाँले भन्नुभयो ।

भारतीय आलु नेपाली बजारमा सहजै भित्रिन थालेपछि आलुको मूल्य एक्कासी घटेको किसानहरूले गुनासो गरेका छन् । खुला सीमा हुँदै नेपाली बजारमा भित्रिएको भारतीय आलु कम गुणस्तरको भए पनि नेपाली आलुभन्दा सस्तो मूल्यमा बजारमा पाउने गरेकाले नेपाली आलुभन्दा भारतीय आलु नै उपभोक्ताको बढी रोजाइमा पर्ने गरेको व्यापारीहरू बताउँछन् ।

हजरियाका किसान श्याम मैनाली भन्नुहुन्छ, ‘भारतीय आलु भित्रिएका कारण यो वर्ष पनि आलुको मूल्य एक्कासी घट्यो, यही अवस्था भए लागत मूल्य उठाउन मुस्किल पर्छ, नेपाली आलु भनेको बेलामा बिक्री पनि हुँदैन, राख्नलाई नजिकै शीत भण्डार पनि छैन, यस वर्ष विगतको वर्षभन्दा उत्पादन पनि निकै कम छ, मूल्य पनि कम नै छ । पहिले आलु खेतीबाट राम्रै फाइदा हुन्थ्यो, अहिले भारतीय आलुले बजार खाइदियो।’

आलुको बजार मूल्य राम्रो हुँदा सबै खर्च कटाएर प्रतिकठ्ठा १० हजार रुपैयाँसम्म फाइदा हुने गरेको किसानहरूको भनाइ छ। आलु खेती गर्ने धेरै किसानले आलुसँगै मकै खेती पनि गर्ने गरेका छन् । यसरी एकै पटक दुई बाली एउटै जग्गामा लगाउँदा एक बालीबाट लागत मूल्य उठ्ने र अर्को बालीबाट फाइदा हुने स्थानीयवासी मदन खड्काको भनाइ छ । आफूले उत्पादन गरेको फसलको बजार मूल्य राम्रो नपाएपछि धेरै किसानको खेतीप्रतिको आकर्षण घट्दै गएको खड्काले बताउनुभयो ।

आलु खेती सर्लाहीको बरहथवा नगरपालिकाको हजरिया, मुर्तिया, सुन्दरपुर, वाग्मती नगरपालिकाको राजघाट, शङ्करपुर र हरिपुर नगरपालिकाको हजारबिघा क्षेत्रमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । कमलो दोरस् खालको माटो भएको जग्गामा आलु प्रतिकट्ठा ८–९ क्विन्टलसम्म उत्पादन हुने गरेको किसानहरू बताउँछन् । तर यस वर्ष आलु खेती गर्ने समयमा सहजै रासायनिक मल नपाएकाले विगतको वर्षको तुलनामा उत्पादन घटेको मुर्तियाका किसान विष्णु खड्काले बताउनुभयो । आलु रोप्ने बेलामा सहजै मल नपाएर र एक बोरा मल किन्न हेटौँडादेखि भारतको सोनवर्षासम्म पुग्नु परेको खड्काले गुनासो गर्नुभयो ।

यस वर्ष जिल्लाभर झन्डै १५ सय हेक्टर क्षेत्रफल जग्गामा आलु खेती गरिएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ। आलुको बजार मूल्य राम्रो नभएपछि किसानले आलु खेती छोडेर अन्य तरकारी खेती गर्न थालेका छन् । यस क्षेत्रमा उत्पादन भएका आलु स्थानीय व्यापारीले खरिद गरेर काठमाण्डौ ,पोखरा लगायतका व्यापारिक केन्द्रमा पठाउने गरेका छन् ।

बजारमा अहिले रातो आलु प्रतिकेजी १८ रुपैयाँको दरले बिक्री भइरहेको किसानहरू बताउँछन् ।

  • ‘भारतीय
  • आलुले
  • किसान
  • खाइदियो
  • चिन्तित
  • बजार
आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ३.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ४.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ५.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ६.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ७.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ८.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.