बुटवल : रुपन्देहीको सम्मरीमाई गाउपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
उहालाई बिहीबार काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
पटक-पटक पार्टी परिर्वतन गर्दै आउनुभएका शुक्ला स्थानीय तहको निर्वाचनको मुखमा माओवादी पार्टी प्रवेशलाई महत्त्वका साथ हेरिएको छ।
उहा फोरम लोकतान्त्रिकवाट निर्वाचनमा विजयी हुनुभएको थियो ।