बर्दिया : १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जनापक्राउ परेको छ ।
बासगढी नगरपालिका ४ अस्नेरी बस्ने २९ वर्षीय वीरबहादुर रोकालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई बलात्कार गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय मोतीपुरको टोलीले रोकालाई पक्राउ गरेको कार्यालयले जानकारी दिएको छ ।
यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।