गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको सम्बन्धको वास्तविकता सार्वजनिक गर्ने बताएको केही दिन भइसक्यो ।
उनले सामाजिक सञ्जालमा फेशबुकमा लेख्दै पल शाहसँग सम्बन्धित आफ्ना अघिल्ला पोष्टहरु वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुरोधमा लेखिएको तर अब वास्तविकता खोल्ने समय आएको बताएकी छन् ।
उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ ।
जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’ केही दिन वितिसक्यो तर वास्तविकता अझै खुलेको छैन । के खिर पाकिरहेको छ हामीले यस बारेमा चासो दिएका छौ ।
गत २४ अक्टोबरमा उनले पल र आफ्नो बीच अभिभावकको सम्बन्ध भएको बताउँदै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्र हत्या भएको बताएकी थिइन् । तर अहिले भने उनले शो स्टाटस नै झुट भएको संकेत गरेकी छिन् ।
त्यसो त पछिल्लो समय उनी कडा स्टाटस लेख्नमा व्यस्त छिन् । केही दिन अघि उनले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी थिइन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले लेखेकी थिइन् ।
यसैले उनी कालीको रुप धारण गर्न चाहान्छिन् । काली बनेर उग्र बन्नै पर्ने आखिर के भएको छ त श्रोता, दर्शक पाठकका लागि चासोको विषय पक्कै छ । हामी खोतल्दै छौ ।
समीक्षाको पल शाहसँग अन्तरंग सम्बन्ध रहेको समाचारले मिडियामा राम्रै प्रथामिकता पाएको थियो । गायनमा सक्रिय समीक्षा र पल सुर्ति माडेर बोलको गीतको सुटिङपछि नजिकिएका थिए ।
उनीहरुका सम्बन्धका विषयमा मिडियामा गसिप आउन थालेपछि उनले पल र आफ्नो चरित्र हत्या भएको बताउदै आएकी थिइन् । पछिल्लो समय आएको अक्रामक स्टाटसले उनीहरुको सम्बन्ध खटपट भएको बुझिन्छ ।
उनीहरुबीचको सम्बन्ध पनि समीक्षा आफै बाहिर ल्याउन चाहान्न थिइन् । केही समयको प्रतिक्षापछि नै निकटता खोजेकी थिइन् । तर चलचित्र नगरीमा फैलाउने पनि पल र पलका साथी सर्कल नै भएको समीक्षाको गुनासो छ ।
यस्तै गायिका समीक्षा अधिकारीले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी थिइन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै उक्त चेतावनी दिएकी हुन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना ।माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले अगाडि लेखेकी छन्, ‘त्यसै नारीलाई कमजोर नसोच्दा पनि हुन्छ ।’
उनले नारी दुर्गाको रुपमा माया ममता दिन पनि सक्ने र परेको बेला महाकाली जस्तो रुप लिएर सर्वनाश गर्न सक्ने चेतावनी समेत दिएकी छन् । गोप्य स्रोतका अनुसार समीक्षा र पल नजिकिदै गर्दा प्रेममा परेका थिए ।
किशोरावस्थामा नै रहेकी समीक्षा पलको गहिरो प्रेममा परिन् । पलले पनि साथ दिए । उनीहरुबीच निक्कै निकटता बढ्यो । यो कुरा चलचित्र नगरीमापनि फैलियो । त्यसपछि समीक्षाले पलसँग विवाहको प्रस्ताव राखिन् । तर पलले अस्वीकार गरे ।
भर्खर १६ बर्षको हुँदादेखिको कुरा हो यो अहिले समीक्षा १७ बर्षकी भइन् । यो उमेरमा नेपालको कानूनले विवाह गर्न अनुमति दिँदैन । गहिरो सम्बन्ध बाहिरिएपनि कानूनी झमेला छ । यसैले पल शाहले समीक्षालाई टाढिन भने । यो भएपछि समीक्षाको मन दुख्यो । त्यसपछि समीक्षाले मिडियामा जाने चेतवानी दिइन् ।
पलले पैसाबाट मिलाउन खोजे । तर समीक्षापनि सानै उमेरमा सफल गायिका भइसकेकी थिइन् । उनलाई पैसाको कमि थिएन । पलले सहजै केही पैसा लिएर टाढा भइदेउ झमेलामा नफसाउ सम्म भनेका रहेछन् । समीक्षाले त्यो ठाडै अस्वीकार गरिन् ।
त्यसपछि सम्बन्ध समधुर बनाउँने उमेर पुगेपछि विवाह बन्धनमा बाँधिने कागज नै गरेर यी दुईको सम्बन्ध अघि बढिरहेको स्रोतको दावी छ । तर अहिले आएर पल फेरी टाढिएका छन् । त्यसैले समीक्षाको मन भाँचिएको छ । उनले यो सबै कुरा खुलाउन खोजिरहेकी छिन् ।
यसैले बेला बेला सबै ओकल्ने चेतवानी दिन्छिन् । तर चलचित्र नगरीको इज्जत धानिदिन भन्दै उनलाई चौतर्फी दवाव छ । उनले यो कुरा खोल्न सकेकी छैनन् । यसैले हामीलेपनि अरुबाट सुनेको भरमा स्रोतको हवाला दिँदै लेख्नु परेको छ ।
जे भएपनि अन्याय परेको पक्षले न्याय पाओस् भन्ने उदेश्यले यो सामाग्री तयार पारिएको हो । कसैलाई एकपक्षीय ठेस लगाउन भने हैन ।
जनबोली न्यूज