युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बाँकेको नेपालगन्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार नेपालगन्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी थिइन् ।
उनीसँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेका थिए भने उनलाई अपहरण गरी जंगलमा लगेका थिए ।
युवतीले जंगलमा आफूमाथि बलात्कार भएको प्रहरीलाई बताएकी छन् । उक्त घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।