काठमाडौं : रोल्पामा एक महिलाले आफ्नो श्रीमानको हत्या गरेकी छिन् ।
सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय श्रीमान काले पुनको हँसिया ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमती मीनाको मानसिक सन्तुलन ठीक नभएको कारण श्रीमान गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ ।
श्रीमती मीनाले श्रीमान कालेको हत्या गरेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो ।
घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिनुभयो । अभियुक्तलाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ ।