• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो

​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना

पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

आज मिति २०८३ साल असोज १९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोटका सुर्जे सुनार बने दोस्रो ‘मिस्टर चितवन’, जिते १ लाख ५० हजार

लोकप्रिय समाचार

  • १. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • २. इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • ३. विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

  • ४. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ५. आज मिति २०८३ साल असोज १४ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज मिति २०८३ साल असोज १३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. कस्तो रहनेछ आज दिनभरको मौसम

  • ८. आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. बाढीपहिरोले मनाङमा पर्यटक अलपत्र, आवतजावत ठप्प

  • १०. ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

आज कुशे औँसी


प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।

invotech
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ।

goodknightsanima box ad 2
आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ। पितृसम्मान दिवस यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ।

यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ।

यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्ने जोखिम कायमै रहेकाले मन्दिर क्षेत्र पूर्णरूपमा सिल गरिएको छ। मन्दिर छिर्ने चारवटै नाकामा प्रहरी राखिएको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले बताए।

ncell in
यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा लाग्ने मेला पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ। गोकर्णेश्वर नगरपालिकाले सुरक्षितरूपमा घर–घरमै पितृ सम्मान दिवस मनाउन आह्वान गरेको छ।

घरमै मनाइँदै पितृ सम्मान दिवस

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ। बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ। दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले बताए। अरु दान दीन दुःखीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ।

गोकर्णलगायत तीर्थस्थलमा गरियो औँसी श्राद्ध यस वर्ष औँसी श्राद्ध सोमबार नै परेकाले धेरै भक्तजन गोकर्ण क्षेत्रमा आउन चाहे पनि उपत्यकामा बढ्दै गएको कोरोनाका कारण सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रवेशमा रोक लगाउनुपरेको गोकर्णेश्वर महादेव मन्दिरका पुजारी जगदीशचन्द्र भट्टले बताए।

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तिको कामनाले श्राद्ध गर्न आउने गरेका थिए।

सोमबार मघा नक्षत्रसमेत परकाले धेरैले श्राद्ध गरेनन्। मघा नक्षत्र परेका दिन श्राद्ध गरेमा ज्येष्ठ पुत्र नाश हुने शास्त्रीय वचनका कारण भक्तजन गोकर्णलगायत तीर्थस्थलमा नगएका हुन्। सन्तान नहुने र पिण्ड नदिई गरिने मघा निमित्तक श्राद्ध गर्न भने भक्तजन पुगेका थिए।

बिहानै गोकर्ण पुगेका भक्तजन आइतबार रातिदेखिको वर्षाले गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबानमा परेका कारण प्रभावित भएका थिए। अपराह्नकालमा डुबान कम हुँदै गएपछि भक्तजन श्राद्ध गरेर बाहिरिएका थिए।

  • Sweet Nepal
  • sweet nepal khabar
मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो
​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक
आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना
पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन
इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

लोकप्रिय

  • १.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • २.
    इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • ३.
    विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

  • ४.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असोज १४ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल असोज १३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो

  • २.
    ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ३.
    कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

  • ४.
    आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना

  • ५.
    पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

  • ६.
    इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

  • ८.
    आज मिति २०८३ साल असोज १९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.