• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ ०७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय समाचार

  • १. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

कालिका नगरपालिकामा कयर खोलाको पुलको ग्याबिन वगाउँदा स्थानियलाई दुःख

चितवनः कालिका नगरपालिकामा पर्ने कयर खोलाको पुल र सडक जोड्ने ग्याबिन वगाए पछि स्थानियले दुःख पाएका छन् । पुल सम्पन्न हुनै लाग्दा त्यसकै साहारामा आवतजावत गर्दै आएका उनीहरुले ग्याविन वगाए संगै दुःख पाएका हुन । वर्षातको समय होस वा अन्य समय सडक सञ्जाल जोड्ने पुलको ग्याबिन खोलाले वगाए पछि त्यहाँका स्थानिय सदरमुकाम आउनलाई समेत खोला तर्नु पर्ने बाध्यता रहेको छ ।

तीन दोभानबाट उर्लिदै आएको कयर खोलाले गत असार १७ गते पुलको ग्याबिन भत्काएको हो । स्थानिय कालिका नगरपालिका वडा नम्बर १० का बम वहादुर चेपाङले पुलको ग्याविनको मर्मत नहुँदा दुःख पाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “पुल मर्मत नहुँदा गाउँमा कोही पनि विरामी नपरेहुन्थ्यो भन्ने लाग्छ । त्यतिमात्रै होइन शहरमा जानुपर्ने काम नै नपरे हुन्थ्यो भन्ने हुन्छ । तर के गर्ने जानै प¥यो ।” विरामी भए वा बजारमा काम परेर जानुपरे ज्यानै जोखिममा राखेर जानु पर्ने बाध्यता रहेको उहाँको भनाई छ । ग्याविन भत्कीदाँ गाउँमा यातायात सम्पर्क बिच्छेद वनेको छ ।

भत्किएको ग्याबिन आज सम्म पनि मर्मत नहुँदा सहज आवतजावत गराउन स्थानिय तहले खासै चासो नदिएको उनीहरुले आरोप लगाएका छन् । कालिका नगरपालिका वडा नम्बर ११ का दिनेश प्रजा ग्याबिन मर्मत नहुँदा खोला तर्ने क्रममा ज्यानै जाने हो कि भन्ने डर लाग्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “ग्याविन मर्मतका लागि कसैले चासो दिएका छैनन् ।”

साबिक सिद्धि गाउँबिकास समितिका अध्यक्ष कृष्ण वहादुर प्रजाले स्थानिय सरकारले यहाँका जनताको पिडा बुझ्न नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “वाढिले बगाएको भागमा जतिसक्दो चाँडो मर्मत गरिनु पर्छ । यहाँका जनताको माग सुनुवाई हुनु पर्छ ।”

वि. सं. २०६९ सालको साउनमा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई सिद्धी जान आउँदा वाढिका कारण ट्याक्टरबाट तर्नु परेको थियो । सो बाध्यता पछि निर्माण गरिएको पुलको ग्याबिन भत्किदा समस्या भएको चेपाङ समुदायका अभियान्ता केपी किरण शर्माले बताउनुभयो । उहाँले भन्नुभयो “पुलमा जाने वाटोनै वगायो अब कसरी आवतजावत गर्ने ।”

डाइनामिक कन्स्ट्रक्सन प्रालि भरतपुरले निर्माणको जिम्मा लिएको पक्की पुल ३५ मिटर लम्वाई र ८ दशमलव ४ मिटर चौडाईको छ । रु ३ करोड ७० लाख २५ हजारको लागतमा बन्दै गरेको पुल निर्माणको काम अन्तिम चरणमा छ । वि. सं. २०७७ असार ३० गते सम्झौता भई वि. सं. २०७८ साल पौष २९ गते सक्ने लक्ष्य रहेको छ । पुल निर्माणको काम ९० प्रतिशत सम्पन्न भई सकेको समयमा खोलाले पुल संग जोड्ने ग्याविन वगाएको हो ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार ठेकेदार कम्पिनिले बिमाको क्षेती दावीका लागि समय लागेकाले निर्माणको काम रोकिएको बताउनुभयो । बिमा कम्पनीले स्थलगत अनुगमन गरिसकेकाले अब केही दिनमानै निर्माणका काम सुरु हुने उहाँको भनाई छ । पुल नबन्दा सास्ति पाएका स्थानियले पुल बनेर हिड्न मिल्ने हुँदा समेत जोखिम मोल्नुपर्ने बाध्यता छ । यसबाट कालिका नगरपालिका वडा नम्बर १० र ११ का बासिन्दा प्रभावित भएका छन् ।रासस

शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.

  • ३.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ४.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ५.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ६.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ७.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ८.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.