• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ ०७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय समाचार

  • १. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

पोखरा-सिमरा उडानः दुई प्रदेशलाई जोड्ने महत्वपूर्ण माध्यम


गण्डकी,१७ भदौं । गण्डकी प्रदेशको पोखरा र प्रदेश नं २ को सिमरामा सीधा उडान सुरु भएसँगै यो उडान दुवै प्रदेशलाई जोड्ने महत्वपूर्ण आधार बनेकामा जोड दिइएको छ ।

लामो समयदेखि चासो र चर्चा पाएको पोखरा–सिमराबीचको सीधा उडानका लागि नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ ले विशेष पहल गरेका थिए । पहलस्वरुप बुधबारदेखि बुद्ध एयरले प्रत्येक हप्ता तीन दिनका लागि नियमित उडान थालेको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरिराम अधिकारीले बताउनुभयो ।

पोखरा–सिमरा हवाई सेवाबाट जोडिएका अवसरमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ एवं बुद्ध एयरको सहकार्यमा बुधबार उडानमार्फत सिमरा आएको गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वाणिज्य व्यवस्थामन्त्री मणिभद्र कँडेलसहितको टोलीले विभिन्न सरोकारवाला निकायसँग छलफल एवं अन्तक्र्रिया गरेको छ ।

अन्तक्र्रियामा क्रममा वक्ताले पोखरा–सिमरा उडानले दुवै प्रदेशबीचका सम्बन्धलाई थप प्रगाढ बनाउँदै पर्यटकीय साझेदारीका साथै औद्योगिकलगायतका हरेक क्षेत्रमा साझेदारी बढ्ने विश्वास व्यक्त गरे ।

बुधबार सिमरा विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज, महागढीमाई नगरपालिका र वीरगञ्जमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा वक्ताले पोखरा–सिमरा उडानले भारतीय पर्यटकको आवागमन बढ्नाका साथै आन्तरिक पर्यटनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वाणिज्य व्यवस्था मन्त्री कँडेलले भारतीय पर्यटकसहित वीरगञ्ज र समग्र प्रदेश नं २ का पर्यटकलाई मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय यात्राका लागि उडान महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो । सीधा उडानबाट गण्डकी प्रदेश र प्रदेश नं २ दुवै लाभान्वित बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं २ का उद्योग, पर्यटन मन्त्री रामनरेश राय यादवले प्रदेश हवाई उडानमार्फत जोडिनु महत्वपूर्ण उपलब्धि भएको जनाउँदै यसलाई व्यवस्थित र नियमित बनाउनेतर्फ सबैको चासो पुग्नुपर्ने बताउनुभयो । प्रदेश नं २ का ऊर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले सुरु भएको उडान अब बन्द हुन नहुने बताउँदै त्यसका लागि प्रदेश नं २ सरकार प्रतिबद्ध रहेकोमा जोड दिनुभयो ।

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई क्षेत्रको ठूलो धार्मिक तथा सांस्कृतिक महत्व रहेको जनाउँदै गढीमाई र गण्डकी प्रदेशका धार्मिक पर्यटकीय तीर्थस्थल एकापसमा जोडिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नाट्टा प्रदेश नं २ का अध्यक्ष मोहन शर्माले पोखरा–सिमरा उडानका लागि नाट्टाका तर्फबाट निरन्तर प्रयास भएको जनाउँदै आगामी दिनमा यो उडानलाई व्यवस्थित र निरन्तरता गराउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटकीय गतिविधि बढ्नका लागि हवाई सञ्जालसँग जोडिनु आवश्यक भएको बताउँदै पोखरा–सिमरा उडानले गाडीबाट गर्नुपर्ने १० घण्टाको यात्रालाई आधार घण्टामा छोट्याएको बताउनुभयो । कोरोनाले थलिएको पर्यटनलाई अघि बढाउनका लागि सीमानाका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै तत्काल खोल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार शाहले निकुञ्जमा धेरै प्रजातिका जनावर तथा चराचुरुङ्गी पाइए पनि पर्यटकीयरुपमा अपेक्षित उपयोग हुन नसकेको बताउनुभयो । नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाइँले कोरोना प्रभावित पर्यटनलाई पुनःरुत्थान गर्न प्रदेश–प्रदेशबीचका सीधा उडान महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २ का अध्यक्ष गणेशप्रसाद लाठ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता, होटल क्लाक्र्स रिसोर्टका सञ्चालक सुनिलकुमार खेतानलगायतले पोखरा–सिमरा उडानसँगै दुवै प्रदेशबीचको पर्यटकीय, औद्योगिकलगायतका क्षेत्रमा साझेदारी बढ्ने विश्वास व्यक्त गर्नुभयो । टोलीले आज पनि पर्यटनसम्बद्ध सरोकारवाला निकायबीच पर्यटनको पुनःरुत्थानलगायतका विषयमा सरोकारवालासँग छलफल गर्ने र शुक्रबार पोखरा फर्कने कार्यक्रम रहेको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिनुभयो ।

बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

भर्खरै

  • १.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ३.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ४.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ५.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ६.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ७.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ८.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.