• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

अयोध्यापुरीमा एउटी आमाको चित्कार’ : श्रीमानले आत्महत्या गरे, झूपडी जलेर खरानी भयो !


:चितवनको माडी नगरपालिका– ९ अयोध्यापुरी कृष्णनगरमा कम्युनिस्ट सरकारका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि ‘भगवान राम र सिताको’ धाम अर्थात राम मन्दिर बन्दैछ ।निर्माणाधिन मन्दिरबाट केही किलोमिटरको दूरीमा अयोध्यापुरीकै साविक गणेशकुञ्जस्थित ऐलानी जग्गामा केही भूमिहिन दलितहरु छाप्रो बनाएर बसेका छन् ।ती छाप्रोहरुकै बीचमा एउटा छाप्रो भने जलेर खरानी भएको छ ।जलेको जलेको चारवटा काला ‘ठूटा’ मध्ये एउटामा सोलार झुण्ड्याइएको छ ।भाँडाकुँडा यत्रतत्र छरिएका छन् ।त्रिपाल जस्तो देखिने प्लाष्टिकले एउटा कुनामा छोपेरे छेउछाउमा थोत्रा कपडाहरुले बेरबार गरिएको छ ।यही कपडाले बेरिएको ‘घर’मा ४५ वर्षिय गिता परियार एक सन्तानसहित बस्दै आएकी थिइन् ।तर, उनी गत चैत्रदेखि एकाएक बस्तिबाट छोरासहित बेपत्ता भइन् ।घर जल्नुभन्दा करिब ९ वर्ष अघिको तस्विरउनी कहाँ गइन् हामीलाई थाहा छैन,’ नजिकैका उदय परियारले दियोपोस्टसँग भने,‘माडीकै गोविन्द बस्ती बगई बजारको होटलमा भाँडा माझेर बस्छिन् रे भन्ने सुनेको हो । आयस्रोत नभएपछि सन्तान पाल्नै पर्यो ।’

सिलौटो बनाएर १० वर्षिय छोरा गणेशको प्राण धान्दै आएकी गिता घरबाट बेपत्ता भएको महिनौँ बित्यो ।‘गत माघ अन्तिममा घर जल्यो । घर जलेको केही समय उनले सिलौटो बनाएर बेचेको थाहा छ । तर, चैत्र लागेपछि हावाहुरी आउन थाल्यो,’ जलेको घर अघिल्तिर उभिएर उदयले सुनाए,‘हूरीबतास पानी छेक्ने ओत थिएन । सायद त्यही भएर उहाँ छोरा च्यापेर हिँडेको हुनुपर्छ ।’
उदयका अनुसार मानसिक अवस्था ठीक नभएका गिताकै २६ वर्षिय छोरा सुरजले छाप्रो जलाएका थिए ।

‘उसको उपचारका लागि हामी गाउँलेहरुले पनि कोशिस गर्यौँ तर सकेनौँ । प्रशासन पनि गुहार्यौँ । तर सकेनौँ,’ उदयले भने ।
७ सन्तानकी आमा गिताको छाप्रो जल्नुभन्दा ८ वर्ष जीवनको आधा आकाश जलेको दरुण कथा झनै दर्दनाक छ ।२५ वर्षअघि मकवानपुरको दुविचौरबाट अयोध्यापुरीको जंगलछेउको ऐलानी जग्गामा आएर सामान्य छाप्रो बनाएर बसेका गिताका श्रीमान धनबहादुरको लालपुर्जा थिएन । आफू मादल बनाउँथे श्रीमती सिलौटौ बनाउँथिन् । यसरी नै उनीहरुको गुजारा चलेको थियो ।उनलाई अयोध्यापुरीबासीले ‘मादले’ भनेर चिन्थे ।गिताको लागि ७ कात्तिक २०६९ दशैं पर्वको नवमीको बिहान कहालीलाग्दो ‘बादल’ बनेर आयो ।त्यो समय आम नेपालीहरु विजयदशमीको उत्सवमै थिए । दशैंको टीकाको अघिल्लो साँझ अर्थात नवमीका दिन धनबहादुरले झुण्डिएर आत्महत्या गरे ।

मादल बनाएर दुनियालाई नचाउने धनबहादुर आफ्नै श्रीमती र छोराछोरीलाई रुवाएर संसारबाट विदा भए ।आत्महत्या गर्नुअघि धनबहादुरले केही दिनका लागि उधारोमा मासु खोजेका थिए । तर पैसा नभएका कारण उनलाई गाउँलेहरुले १५ सय रुपैयाँको उधारो मासु पत्याएनन् ।श्रीमतीसहित ७ जना सन्तानलाई दशैंमा मासु खुवाउन नसकेकै रात धनबहादुर ओछ्यानमा थिएनन् । खाना पकाउने गरेको छाप्रोमा उनी झुण्डिएको अवस्थामा फेला परे ।

आत्महत्यापछि धनबहादुरको शव ५३ किलोमिटर टाढा भरतपुर अस्पताल ल्याउनुपर्ने भयो । तर, शव अस्पताल पुर्याउने र घर फिर्ता ल्याउने पैसा नभएपछि गाउँलेहरुले उठाएर दिएका थिए ।अयोध्यापूरी गाविसका पूर्वअध्यक्ष नारदमणि पौडेलका अनुसार शव पोष्टमार्टमका लागि गाविस कार्यालयले चार हजार रुपैयाँ, मध्यवर्ती उपभोक्ता समितिले दुई हजार र स्थानीयले पाँच हजार रुपैयाँ उठाएर दिएका थिए ।

यो खबर थाहा पाएपछि अमेरिकामा रहेका समाजसेवी तथा रक्तदाता अर्जुन प्रसाद मैनालीले पटक पटक गरेर एक लाख पैँतालिस हजार रुपैयाँ सहयोग उपलब्ध गराईदिए ।अर्जुनले दिएको सहयोग रकम बालबालीकाको शिक्षादिक्षा र लालनपालमै सकियो । उपचार अभावकै कारण गिताले पहिलो छोरी पनि गुमाउन पुगिन् ।श्रीमान गुमाएको ८ वर्षमा गिताले जेठी छोरी पनि गुमाइन् । घरमै उपचार अभावका कारण उनको मृत्यु भएको उदयले बताए ।उनका अन्य २ जना छोराहरु भने काठमाडौंको बुढानिलकण्ठमा एक व्यक्तिले घरेलु काममा लगाएको उदयले बताएजब गिता सम्पर्कमा आइन्…आखिर गिता कहाँ हराइन् ? हामीले माडीमै उनी निकट आफन्तहरु मार्फत उनको खोजी गर्यौँ दियोपोस्टले लामो खोज गरेपछि गीता टेलिफोन सम्पर्कमा आइन् ।

‘मरेको छैन बाँचेकै छु । बगई बजारको होटलमा भाँडा माझेर बसेको छु,’ गिताको पहिलो जवाफ थियो ।
घर कहिले कसरी जल्यो ?’ दोस्रो प्रश्नमा उनले भनिन्,‘पुस महिनामै घर जलेको हो । केही समय त म घरमै बसेँ तर, चैत लागेपछि हावाहुरी आयो अनि म बस्न नसकेर बगई बजार झरेँ ।’गिताका अनुसार उनका जेठा छोरा सुरजको दिमागी हालत ठीक थिएन । सानै उमेरदेखि सुरजले शिक्षा दिक्षा पाएनन् । मानसिक अवस्था ठीक नभएका सुरजले घरमा कोही नभएको बेला आगो खेलाउँदा छाप्रो जलेको गिताले बताइन् ।

‘घर भनुँ की के भनौँ त्यही छाप्रोमा बसेका थियौँ । त्यो पनि जलेर खरानी भयो । दैनिक एक छाक खाएर बसेका छौँ । हामीलाई कसले हेर्छ र,’ उनले भनिन्,‘कान्छो छोरो १० वर्षिय गणेश यहाँदेखि (बगई बजारदेखि गणेशकुञ्जसम्म) हिँडेरै स्कुल जान्छ ।’ओली सरकार : जसले जलेको झुपडी देखेन तर अदृष्य ‘भगवान’ देख्यो !गरिबको झुपडी जलेको नदेख्ने सरकारले यता गिताकै घर निजिकै अयोध्या धाम बनाउँदै छ ।
उक्त धाममा तत्कालिन प्रधानमन्त्री केपी ओलीले आफ्नो निजि खर्चमा राम, सिता, हनुमान र लक्ष्मणको पूर्णकदको मूर्ति प्रधानमन्त्री निवास बालुवाटारबाट रथयात्रा गर्दै कृष्णनगरस्थित अयोध्यापुरीमा पुर्याएको थियो ।

ओलीले उक्त मुर्ति निर्माणका लागि आफ्नो व्यक्तिगत १६ लाख रुपैयाँ खर्चिएका थिए ।माडी नगरपालिका वडा नम्बर ९ अयोध्यापुरीका वडाध्यक्ष शिवहरी सुवेदीका अनुसार अयोध्या धाम बनाउन वागमती प्रदेश सरकारले ५० लाख रुपैयाँ छुट्याएको छ ।

धाम निर्माणका लागि सरकारको नाममा रहेको १ सय विघा जग्गा धामको नाममा ल्याउने कोशिस गरिरहेको छ । यद्धपी राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण उक्त जग्गा धामको नाममा ल्याउन भने सहज छैन ।
धामको डिपीआर गर्न तत्कालिन संघीय सरकारले २ करोड रुपैयाँ छुट्याएको वडाध्यक्ष सुवेदीले जनाए । मन्दिर निर्माणका लागि भनेर केन्द्र सरकारले ३० करोड भन्दा बढी रकम छुट्याएको धाम व्यवस्थापन समितिका एक अधिकारीले दियोपोस्टलाई बताए ।
अयोध्याधाम व्यवस्थापन समितिका संयोजक तिर्थलाल भुसालका अनुसार रथयात्राको लागि मुर्ति बाहेक नै ३० लाख रुपैयाँ खर्च भएको छ ।
यद्धपी काठमाडौंमा टाँगिएको तत्कालिन प्रधानमन्त्री ओली तस्विरसहितको ब्यानर खर्च भने केन्द्रीय सरकारले गरेको थियो । स्रोतका अनुसार उक्त खर्च प्रधानमन्त्री कार्यालयबाटै भएको थियो ।युवा संघका उपमहासचिव रामजी सापकोटालाई ओलीको तस्विरसहितको ब्यानर बनाउने जिम्मा दिइएको थियो ।

उनै सापकोटाले काठमाडौं शहरका सडकमा ‘जय श्री सिताराम’ लेखिएको ब्यानरमा तत्कालिन प्रधानमन्त्री ओलीलाई भगवानकै रुपमा अंकित गराएका थिए ।सापकोटाका अनुसार युवा संघले दिएको डिजाइनकै आधारमा ओलीको तस्विर अंकित ब्यानर र गेटहरु बनाइएको थियो । यता रथको निर्माण भने पशुपति क्षेत्र विकास कोषले बनाएको उनको दाबी छ ।‘सबै स्वयंसेवी रुपमा सहयोग भएको हो । ब्यानर कति बन्यो बन्ने डाटा मसँग छैन । तर, सबै निकायको सहयोगमा काम भएको हो,’ सापकोटाले दियोपोस्टसँग भने ।अयोध्यापुरीमा तत्कालिन ओली सरकारको योजनामा आधुनिक नेपाल निर्माणको नाममा अर्बौं खर्च गरेर नदेखिने भगवानको प्रतिमा बनाउँदैछ । तर, देखिने जनताहरुको हालत भने गिता परियारहरुको जस्तै छ ।

  • aadhapuri
  • chitwan news
  • ews nepali
  • rambhagaman ram
सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.