धादिङ — महेश खोलाको बाढीले थाक्रेको सिम्लेमा निर्माणको अन्तिम चरणमा रहेको पक्की पुल भत्काएको छ । महेश खोलाले थाक्रे–२ सिम्ले र वडा नम्बर ११ जोड्ने निर्माणाधीन पक्की पुल भत्काएको हो ।
ठेक्का अवधि सकिए पनि निर्माण कम्पनीको ढिलाइका कारण पुल निर्माण सकिएको थिएन । केही दिनदेखि लगातारको वर्षाका कारण मुलुकभरका राजमार्गमा पहिरोले क्षति पुर्याएको छ ।
शनिबार बिहान पृथ्वी राजमार्गको जवाङखोलामा सडकमाथिबाट पहिरोसँगै आएको ढुंगाले लाग्दा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।