• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, फागुन २१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

  • १. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

टिकटकमा सबैभन्दा बढी रुचाइएकी मोडल करिश्मा ढकालको एकदमै रमाइलो टिकटक(हेर्नुस् भिडियो)


भिडियो अन्तिममा छ पूरा हेर्नुहोला
सानो छँदा बि,रामी भइरहन्थिन् करिश्मा ढकाल। नाच्न दिन्छु भन्यो भने उनको रोग तुरुन्तै निको हुन्थ्यो। भन्छिन्, ‘कति पटक त ज्वरो आएकै बेला पनि नाचेकी छु। पुरस्कार पनि जितेकी छु। नाच्दानाच्दै हराउँथ्यो ज्वरो।’

नेपाली लोकदोहोरीका सयौं भिडियो तथा तीज गीतमा करिश्माले नृत्य गरेकी छन्। उनी पछिल्लो समयकी व्यस्त मोडेल पनि हुन्। एनसीसी कलेजमा बीबीएस अध्ययनरत करिश्मा आफूलाई अभिनयको विद्यार्थी भन्न रुचाउँछिन्। गोरखा स्थायी घर भएकी उनी हाल परिवारसँगै शान्तिनगरमा बस्दै आएकी छन्।

गायक श्रीकृष्णबम मल्ल र गायिका लक्ष्मी मल्ल करिश्माका अंकल आन्टी हुन्। अंकल आन्टीका कारण पनि घरमा रमाइलो वातावरण हुन्थ्यो। घरमा भएको पूजाआजामा भजन कीर्तन गाउँदा होस् या पारिवारिक भेटघाटको बेला होस् उनी छमछमी नाच्न थालिहाल्थिन्। पढाइमा अब्बल करिश्माको सीए पढ्ने सपना थियो। आमाबुवाले पनि पढाइमै फोकस हुन हौसला दिन्थे तर एसएलसीपछि उनी तीन महिना फुर्सदमा थिइन्। त्यही बेला सानीमाले तीज गीत निकाल्न लागेकी थिइन्।

बोल थियो सेल्फी सेल्फी। यो गीतमा करिश्माले अभिनय गर्ने मौका पाइन्। करिश्माको लिड रोल भएको यो गीतले निकै चर्चा पायो। सँगैसँगै करिश्माको माग पनि बढ्न थाल्यो। निर्माता निर्देशकको आँखामा परिन् करिश्मा। नाच्न सिपालु उहाँलाई पहिलोपटक अभिनय गर्न भने त्यति सहज लागेन। म्युजिक भिडियोमा नाच्न मात्रै होइन अभिनय पनि गर्न जान्नु पथ्र्यो। अवसरसँगै विस्तारै सिक्दै गइन्।

डेब्यु गीतको अभिनयकै क्रममा पाउजुको स्टेप गर्नुपर्ने थियो। उनले पटक पटक कोसिस गरिन् तर सकिनन्। निर्देशकले उनलाई सक्दिनन्, यो गीतबाटै निकाल्नुपर्छ भनेको थिए। उनको आफ्नै सानीमाको गीत भएकाले सानीमाकै जोडले यो गीतमा पुनः इन्ट्री पाइन्। यो क्षण उनका लागि सदासम्झना आइरहन्छ।

औपचारिक रूपमा नृत्य र अभिनय भने सिकेकी छैनन् उनले। उनलाई अन्य डान्सको स्टेपभन्दा टिपिकल डान्समा आफूले राम्रो गर्न सक्छु भन्ने लाग्छ। कुनै नयाँ स्टेप आफूलाई मन पर्‍यो भने तत्कालै सिकिहाल्ने बानी छ उनको। पछिल्ला अधिकांश लोकगीतको भिडियोमा उनकै अभिनय देख्न सकिन्छ। भन्छिन्, ‘सीए बन्ने सपना लिएकी म म्युजिक भिडियोमै रमाइरहेकी छु। पाँच सयभन्दा बढी गीतमा नाचिसकेकी छु। यो यात्रा रमाइलोसँग बित्यो। घर छाडेर बाहिरी जिल्ला जाँदा होस् या विदेश कार्यक्रममा जाँदा होस् करिश्मा भन्ने परिचय बनेको छ। यही नै मेरो सन्तुष्टि हो।’

उनको काममा परिवारको पनि साथ छ। विशेषत उनकी आमा उनलाई हौसला दिइरहन्छिन्। उनले अभिनय गरेको गीत दुई चार दिन टीभीमा बजेन भने सोधिरहन्छि, ‘के भयो ? टीभीमा किन आएन ? ’ दुई दाजुकी एकल बहिनी हुन् उनी। परिवारकी कान्छी छोरी। सुटिङबाट फर्कंदा कहिले राति हुन्छ, बाहिरी जिल्ला जाँदा घर आउने समय मिल्दैन तर पनि उनी ढुक्क छिन्। भन्छिन्, ‘मेरो कामप्रति सकारात्मक सोच्नुहुन्छ। सबैले बुझ्नु भएको छ। आफन्त र छिमेकीले सबाल पनि गर्ने गर्छन् रे कहिलेकाहीँ तर मामुले नै मेरो पक्षमा कुरा गर्नुहुन्छ। अहिले सबैले मलाई माया गर्छन्।’

प्रायः रोमान्टिक गीतमा चुलबुले केटी, चञ्चले चरित्र निभाउन उनलाई रमाइलो लाग्छ। भन्छिन्, ‘हाँस्दा मेरो गालामा दुवैतिर डिम्पल पर्छ। यो मेरो विशेष गुण हो। सबैले हाँसेको सुहाउँछ भन्नुहुन्छ। हुन त केही वियोगान्त गीतमा पनि नाचेकी छु तर पनि मलाई रोमान्टिक गीत नै सजिलो लाग्छ।’

अहिले चलचित्रमा होस् या आधुनिक गीतमा लोकभाका मिसाएर गीत तयार गर्ने चलन छ। पछिल्लो समय लोकगीतले चर्चा कमाएका छन्। लोकगीत पनि करोडांै भ्युज पाउने गरेको छ। उनलाई लोकगीतले नेपाली पहिचान दिन्छ भन्ने लाग्छ। नेपाली पहिरन लगाएर छमछमी नाच्दा खुसी मिल्छ।

सुरुआतमै सानीमाको गीतमा अभिनय गरेको भएर होला उनलाई यो क्षेत्रमा खासै संघर्ष गर्नु परेन। दुव्र्यवहार पनि भोग्नु परेको छैन। तर पनि कहिलेकाहीँ निर्माता निर्देशकले मिसयुज गर्न खोज्छन्। उनले सार्वजनिक रूपमै प्रतिकार गर्ने गरेकी छन्। गलत व्यवहारबाट बच्न आफू नै सजग हुनुपर्ने उनको तर्क छ। काम दिने बहानामा होस् या सम्बन्ध बढाउने बहानामा होस् कुनै पनि गलत सर्त मान्न नहुने उनको अनुभव छ। आफ्नो काममा परिपक्व भए कसैसँग सम्झौता गर्नु नपर्ने उनको अनुभव छ।

उनले सुदूरपश्चिमेली ठाडो भाका होस् या काँठे क्षेत्रको गीत वा लोकदोहोरी सबै खालका गीतमा अभिनय गरेकी छन्। उनको अभिनय रहेका गीत चुइँगम पड्काउने दारी सड्काउने, नाच मेरी झुमा, उही खोलीको पानी, अमिलो रसैले, फूल फुल्यो केशरी, सिरिसिरी चल्यो बतास, नौरंगी सपना, चिया छानेकोलगायतले चर्चा बटुल्न सफल रहे।

हँसिलो स्वभावकी करिश्माले म्युजिक भिडियोको अभिनयलाई कामसँग जोडेर हेर्ने गरेकी छन्। जुनसुकै जनराको भए पनि सबैभन्दा उत्कृष्ट प्रस्तुति दिने कोसिस गर्छिन्। अभिनय सिकेर फिल्ममा पनि काम गर्ने सपना छ। डान्सका रियालिटी सो बढी हेर्ने करिश्मा हरेक दिन केही न सिकिरहेकी हुन्छिन्।

अहिले सिंगल बताउने करिश्मा स्विट् सिक्स्टिनमा पहिलो पटक प्रेममा परेकी थिइन्। आफूभन्दा पाको व्यक्तिससँग सम्बन्ध गाँसेकी करिश्माको त्यो प्रेम भने लामो समय टिकेन। किन त ? भन्छिन्, ‘म अलि जिद्दी स्वभावकी छु, मलाई कसैले अन्डरमा राखेको सहन सक्दिनँ। काममा व्यस्त भइरहेको हुन्छु। प्रेमीलाई समय दिने, डेट जाने, फोन गर्ने, ख्याल गर्ने समय नै हँुदैन यसैले पनि सायद सम्बन्ध अगाडि गएन। पछुतो पनि छैन मलाई। खासमा पे्रमीले सहयोग गर्छन् जस्तो लाग्दैन मलाई। परिवार नै मेरो खुसीको कारण अनि काम नै मेरो प्रेमी। जोसँग म हरदिन जोडिइरहेकी हुन्छु।’

अहिले पछिल्लो समयमा निकै नै चर्चीत टिकटक स्टार पनि हुन करिश्मा ढकाल । उनका टिकटक भिडियोहरु पचासौं लाखले हेर्छन । वास्तवमा भन्ने हो भने थोरै मात्र भिडियो अप्लोड गरेर धेरै लाइक भ्युज र फलोवर्स कमाउने करिश्मा सम्भवत एकमात्र नेपाली टिकटक सेलीब्रेटी हुन । अहिलेसम्म उनको ३१६ ओटा भिडियोमा ८ लाख भन्दा बढी फलोवर्स र १ करोड ५० लाख जति त लाइक मात्र छ्न । अब प्रस्तुत छ करिश्मा ढकालको रमाइलो टिकटब भिडियो:

https://youtu.be/AEANaUgY-Kg

बुधबार, असार ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.