• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, फागुन १३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

रत्ननगरको नीति तथा कार्यक्रम सार्वजनिक : कोरोना खोप खरिद देखि किसानलाई गाई वितरण सम्म


चितवनको रत्ननगर नगरपालिकाले १२ वटा महत्वपूर्ण नगरका योजना सहित आर्थिक बर्ष २०७८÷७९ को बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नबौं नगर सभामा सो नगरपालिकाले आगामी आर्थिक बर्षको लागि १ अर्ब २६ करोड ९४ लाख बराबरको बजेट सार्वजनिक गरेको हो । कोरोना खोप खरिद देखि विपन्न किसानलाई अनुदानमा गाई वितरण सम्मका १२ वटा महत्वपूर्ण योजना सार्वजनिक गरिएको हो ।

नगर प्रमुख नारायण वनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरबासीलाई कोरोनाबाट जोगाउन कोरोना खोप खरिद, मागमा आधारित कृषकलाई गाई वितरण,नगर प्रमुख उद्यमशिलता कार्यक्रम, नगर प्रमुख विशेष कोष,नगर उपप्रमुख संग महिला,सार्वजनिक जग्गा संरक्षण घेराबार कार्यक्रम,रत्ननगर १६ मा पर्यटकीय पार्क निर्माण, टिकौलीचौरमा कृष्णसार संरक्षणका लागि बासस्थान निर्माण,टिकौली इकोपार्क कल्चरल भिलेज,वडा नं ४ का कबर्डहल निर्माण, एम्बुलेन्स तथा सब वहान खरिद र पत्रकार भवन निर्माणलाई महत्वपूर्ण योजनाका रुपमा सार्वजनिक गरिएको छ ।

गाई वितरणका लागि १ करोड,खोप खरिदका लागि ३० लाख,नगरप्रमुख संग उद्यमशिलताको लागि ५० लाख,नगर प्रमुख विशेषकोषको लागि ९० लाख,उपप्रमुख संग महिला कार्यक्रमका लागि २० लाख,सार्वजनिक जग्गा संरक्षणका लागि २० लाख,नमुना पर्यटकीय पार्क निर्माणको लागि २० लाख,कृष्णसारको बासस्थान निर्माणको लागि २५ लाख,टिकौली इकोकल्चरको लागि १५ लाख,कर्वडहल निर्माणको लागि १० लाख,एम्बुलेन्स÷सबबहान खरिदको लागि ३० लाख र पत्रकार भवन निर्माणको लागि ४ लाख रुपैया विनियोजन गरिएको छ । १२ वटा महत्वपूर्ण योजना सम्पन्न गर्नको लागि ४ करोड १४ लाख रुपैया विनियोजन गरिएको मेयर वनले जानकारी दिए ।

उपमेयर विमला दुवाडीले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक बर्षको लागि एक अर्ब २६ करोड ९४ लाख रुपैया बराबरको बजेट ल्याइएको जनाइएको छ । कुल बजेट मध्ये आगामी आर्थिक बर्षमा ११ करोड रुपैया आन्तरिक आम्दानीबाट संकलन गर्ने उद्देश्य रहेको उपमेयर दुवाडीले बताइन । आन्तरिक आयको अलवा राजश्व वाडफाँड संघीय तथा प्रदेश सरकारबाट १३ करोड ८९ लाख,अघिल्लो बर्षको नगद मौज्दात २ करोड,समानिकरण अनुदान संघीय तथा प्रदेश सरकारबाट २१ करोड ६७ लाख,सर्शत अनुदान संघीय तथा प्रदेश सरकारबाट ३८ करोड ३८ लाख,जिल्ला समन्वय समिति र सडक वोर्डबाट २ करोड ७३ लाख,सामाजिक सुरक्षाबाट २८ करोड,प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम ३ करोड,उपभोक्ताको नगद सहभागिता १ करोड र अन्य १ करोड २१ लाख रुपैया आन्दानी गर्ने लक्ष्य लिएको छ ।

आगामी आर्थिक बर्षमा सो नगरपालिकाले आर्थिक विकासमा १ करोड ३२ लाख,सामाजिक विकासमा १ करोड ३२ लाख,पूर्वाधार विकासमा २ करोड २० लाख,वन,वाताबरण तथा विपद् व्यवस्थापनमा ६१ लाख,सुशासन तथा संस्थागत विकासमा २६ लाख,समपुरक तर्फका योजना तथा कार्यक्रममा ४ करोड ६ लाख,जिल्ला समन्वय समिति र सडकवोर्डको कार्यक्रममा २ करोड ७३ लाख,सामाजिक सुरक्षा भत्ता २८ करोड,प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम ३ करोड,नगरका गौरबका योजना तथा कार्यक्रममा ३ करोड ३० लाख,प्रशासनिक तथा चालु खर्च २३ करोड ५० लाख,वडागत चालु तथा पूजिगत कार्यक्रममा १५ करोड २६ लाख र समपुरक कोषमा ३ करोड रुपैया विजियोजन गरेको छ । सो नगरपालिकाले नगर सभा मार्फत कर संकलनलाई प्रभावकारी बनाउन कर छुटको नीति लिएको छ ।

पर्यटकीय नगरी सौराहामा सफारीको लागि प्रयोग हुँदै आएका हात्तीबाट दिइदै आएको कर छुट दिइएको उपमेयर दुवाडीले जानकारी दिइन । आर्थिक बर्ष २०७७÷७८ को कार्तिक मसान्त सम्म सम्पती कर बुझाएमा १० प्रतिशत छुट, आर्थिक बर्ष २०७७÷७८मा व्यवसायिक प्रयोजनका लागि १० प्रतिशत र आबासीय प्रयोजनका लागि ७ प्रतिशत छुट दिने र वहालकर ३ प्रतिशत लाग्ने नगरपालिकाले जनाएको छ । आर्थिक बर्ष २०७७÷७८ को व्यवसायिक कर कार्तिक मसान्त सम्ममा बुझाएमा २० प्रतिशत र विगतको बक्यौता कार्तिक मसान्त सम्म बुझाएमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । त्यसैगरी अघिल्ला बर्षका बक्यौतामा १ बर्ष सम्मको बक्यौतामा २० प्रतिशत एक बर्ष भन्दा बढीकोमा ३० प्रतिशत जरिवाना तोकिएको उनले बताए ।

नगरसभामा विधान समितिका संयोजक तिलकराज शर्मा,पूर्वाधार विकास समितिका संयोजक हरिकुमार श्रेष्ठ,वन,वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहाल,सामाजिक विकास समितिका संयोजक केशब आचार्य,आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई,लेखा समितिका संयोजक लालबहादुर भट्ट,सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक चित्रबहादुर भण्डारी,लागु औषध तथा घरेलु मदिरा नियन्त्रण समितिका संयोजक विरबहादुर पाख्रिनले प्रतिबेदन प्रस्तुत गरेका थिए ।

आइतबार, असार ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.