चितवनमा असार १० गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक आदेश जारी गर्दै यस्तो निर्णय गरेको हो । निषेधाज्ञा थप गर्दा यसअघि जारी आदेशलाई निरन्तरता दिएको छ ।
यसअघि थपिएको निषेधाज्ञा असार ३ गते राती १२ बजे सकिँदै थियो । कोरोना संक्रमणको जोखिम अझै पनि उच्च रहेको हुँदा असार १० गते राती १२ बजेसम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
थपिएको निषेधाज्ञामा कुनै पनि क्षेत्रलाई खुकुलो बनाइएको छैन । खाद्यान्न, तरकारी तथा फलफुल, दूध डेरी, माछा÷मासु विक्री गर्ने पसल, अण्डा, चल्ला, दाना, एग्रोभेट, खाना पकाउने ग्यास र निर्माण सामग्री बिक्री गर्ने पसलहरु दैनिक बिहान ६ देखि १० बजेसम्म मात्रै सञ्चालन हुन पाउने छन् ।