असार २ गते देखि विद्यालय खोल्न मन्त्रालय द्वारा सम्पूर्ण पब्लिक लाई निर्देशन
काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको कार्यालयको आइतबार बसेको बैठकले सरकारले संसोधितनियमावलीअनुसार दिएको निर्देशनले सबै विद्यालयहरुले शैक्षिक सत्र ०७७ को वार्षिक परीक्षाहरु जेठ २० गतेसम्म सकाएर नतिजासमेत प्रकाशन गरी असार पहिलो साता नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताए। केन्द्र सरकारकैै निर्देशनअनुसार शिक्षा अधिकारी सुवेदीको हस्ताक्षरसहितको निर्देशन सबै विद्यालयहरुलाई आइतबार नै दिएको सूचनासमेत वेवसाइटमा प्रकाशित गरिएको छ।विद्यालयहरुलाई दिएको निर्देशनमा शैक्षिक सत्र ०७७ वार्षिक परीक्षा मूल्यांकन पाठ्यक्रमले व्यवस्था गरेअनुसार विद्यालयहरुले अनुकुल हुने गरी उपयुक्त मूल्यांकन गर्न उल्लेख गरिएको छ।